बुटवलमा एक हप्तामा दुई केवलकार शिलान्यास
बुटवल । बुटवलमा दुई हप्ताभित्र दुई केवलकार शिलान्यास भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा केवलकारको शिलान्यास गरेको दुई हप्ता नवित्दै अर्थमन्त्री विष्णु विष्णु पौडेलले अर्को केवलकारको आज शिलान्यास गरेका हुन् । फागुन १ गते प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवल गोलपार्कदेखि पाल्पाको वसन्तपुरसम्म ३ किलोमिटर लम्बाईको लुम्बिनी केबलकारको शिलान्यास गरेका थिए । आज अर्थमन्त्री विष्ष्णु पौडेलले बुटवलदेखि नुवाकोटकसम्म पुग्ने सिद्धार्थ केवलकार शिलान्यास गरेका हुन् ।
शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले रुपन्देही जिल्लाले विकासको रोल मोडलको भूमिका खेल्ने दावी गरे । उनले अब रुपन्देशी जिल्लाले पर्यटनको विकासमा थप फड्को मार्ने बताए । बुटवलबाट नुवाकोट र वसन्तपुर डाँडामा जाने केवलकार सञ्चालनका लागि व्यवसायीहरुले लामो समयदेखि गृहकार्य गर्दै आएका थिए ।
लुम्बिनी केवलकारमा काठमाडौंको चन्द्रागिरी केवलबार सञ्चालन गरेको ग्लोबल आईएमई गु्रप र शर्मा एण्ड कम्पनीको ७५ प्रतिशत र बुटवलका स्थानीयको २५ प्रतिशत केबलकारमा लगानी रहेको छ । आज शिलान्यास गरिएको केवलकार सिद्धार्थ केबलकार प्रालिको नाममा रहेको छ । उक्त केबलकार बुटवल मणिमुकुन्द सेन उद्यान (फूलबारी)देखि पाल्पाको नुवाकोटसम्म पुग्नेगरी सञ्चालन गरिनेछ । यी केबलकार निर्माण भएपछि लुम्बिनी आउने पर्यटकहरुलाई आकर्षित गर्न सकिने अपेक्षा गरिएको केवलकार सञ्चालक माधव नेपालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकमा ७७ संशोधन दर्ता
-
कुतियाकवरबासी : डुङ्गा हुँदै पुल तरे, तर हटेन बाढीको त्रास
-
आज बेलुकीसम्म कोदारी सडक सञ्चालनमा ल्याउने प्रयास
-
अन्तिम उपभोक्तालाई बिजुली भाउ बढ्न नदिने अर्थमन्त्री वाग्लेको घोषणा अलपत्र
-
लुम्बिनीमा तत्काल सरकार सुरक्षित, काठमाडौँ जाँदै मुख्यमन्त्री
-
ज्ञानेन्द्र शाहीको अभिव्यक्तिप्रति जापानस्थित रास्वपा प्रवास विभागको आपत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण