डेढ घण्टापछि चल्न थाल्यो फेसबुक
सारांश
- करिब डेढ घण्टा अवरुद्ध बनेका मेटाका प्रमुख प्लेटफर्महरू फेसबुक र इन्स्टाग्राम आइतबार दिउँसो ३ बजेपछि चल्न थालेका छन् ।
- नेपालमा आइतबार दिउँसो साढे १ बजेदेखि फेसबुक चलेको थिएन, तर दिउँसो ३ बजेपछि दुबै सामाजिक सञ्जाल चल्न थालेका हुन् ।
- डाउनडिटेक्टरका अनुसार विश्वभरिबाट हजारौं प्रयोगकर्ताले समस्याबारे गुनासो दर्ता गरेका थिए ।
काठमाडौँ । करिब डेढ घण्टा अवरुद्ध बनेको मेटाका प्रमुख प्लेटफर्महरू फेसबुक र इन्स्टाग्राम चल्न थालेको छ ।
नेपालमा आइतबार दिउँसो साढे १ देखि फेसबुक चलेको थिएन । डेस्कटपबाट फेसबुक लगइन गर्दा खुलेको थिएन भने कतिपयले एपबाट चाहिँ खुलेको बताएका थिए । दिउँसो ३ बजेपछि भने दुबै सामाजिक सञ्जाल चल्न थालेको हो ।
सुरुमा अमेरिकाबाट रिपोर्ट गरिएको यो समस्या केही समयमै विश्वभर फैलिएको थियो । अनलाइन सेवाहरूको अवस्था निगरानी गर्ने 'डाउनडिटेक्टर'का अनुसार हजारौं प्रयोगकर्ताले एकैसाथ गुनासो दर्ता गरेका थिए ।
यस पटकको अवरोधमा एउटा रोचक ढाँचा देखिएको थियो । डाउनडिटेक्टरका अनुसार ६३ प्रतिशत समस्या वेबसाइट (डेस्कटप ब्राउजर) मा देखिएको थियो भने २० प्रतिशत मोबाइल उपकरण र १० प्रतिशत एपमा देखिएको थियो। धेरैजसो प्रयोगकर्ताले मोबाइलमा फेसबुक चलिरहेको तर डेस्कटपमा खाता अस्थायी रूपमा उपलब्ध छैन भन्ने सन्देश देखाइरहेको बताएका थिए ।
फेसबुक सञ्चालनमा आइसकेपछि मेटाले के भएको भनेर अहिलेसम्म औपचारिक जानकारी गराएको छैन ।
सन् २०२१ मा मेटाका फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप झण्डै ६ घण्टाका लागि विश्वभर ठप्प भएका थिए। त्यतिबेला कम्पनीले नेटवर्क पूर्वाधारमा भएको 'कन्फिगरेसन परिवर्तन'का कारण उक्त समस्या आएको बताएको थियो। त्यसपछि पनि मेटाका प्लेटफर्ममा समस्या देखिँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप फाइनल: स्पेनको टिम यथावत्, अर्जेन्टिनाको सुरुवाती ११ मा तीन परिवर्तन
-
१२ बजे १२ समाचार: पक्राउमा हतारो, अदालतमा ‘प्रमाण अभाव’देखि ९५ जनप्रतिनिधिका पद रिक्तसम्म
-
कास्कीमा एक महिनामा ६६ फरार प्रतिवादी पक्राउ
-
अनलाइन सट्टेबाजी गरेको अभियोगमा ४ जना पक्राउ
-
बागमती विश्वविद्यालयमा भर्ना आवेदनको म्याद साउन ८ सम्म
-
ट्रम्प आउने भएपछि विश्वकप फाइनलमा उच्च सुरक्षा, दर्शकलाई सास्ती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण