जफत गरिएका ६३ लाख रुपैयाँ बराबरको माल–सामान लिलाम गर्दै ठाडी भन्सार
काठमाडौं । ठाडी भन्सार कार्यालय सिरहाले ६३ लाख रुपैयाँ बराबरको जफत माल सामान विक्री लिलामी गर्ने भएको छ । भन्सार कार्यालयले गत आर्थिक वर्ष २०७५÷७६ देखि हालसम्म भन्सार छली चोरी निकासी, पैठारी मुद्दामा पक्राउ परी जफत भएका कुल ६३ लाख २० हजार ३ सय ५७ रुपैयाँ बराबरको माल वस्तुको एकैपटक लिलामी गर्ने भएको हो ।
कार्यालयले सोमबार एक सूचना जारी माल वस्तु लिलाम विक्री सम्बन्धि ७ दिने सिलवन्दी बोलपत्र आह्वान गरेको छ । भन्सार ऐन, २०६४ को दफा ५० तथा भन्सार नियमावली ३६ बमोजिम यस्ता माल वस्तुको विक्री लिलामी सिलवन्दी बोलपत्रको आह्वान गरिएको भन्सार कार्यालय ठाडीले जनाएको छ ।
विभिन्न समयमा जफत भई प्रतिवेदन समेत बनि कार्यालयमा दाखिला भइसकेका माल वस्तुहरु जस्तो अवस्थामा छ सोही अवस्थामा विक्रि वितरण गरिने गरि भन्सार कार्यालय ठाडी, सिरहाले जनाएको छ ।
प्रमुखतः दुई शीर्षकमा माल वस्तु छुट्याएको कार्यालयले पहिलो मुद्दा संख्या ११० सम्मलाई न्युनतम बिक्री मूल्य २१ लाख ७१ हजार ६ सय ४२ रुपैयाँ तोकेको छ भने दोस्रो मुद्दा १६९ सम्मलाई ४१ लाख ४८ हजार ७ सय १५ रुपैयाँ लिलामी मूल्य तोकेको छ ।
यी दुवै शीर्षकका लागि इच्छुक व्यक्ति, फर्म वा संघ–संस्थाले दरभाउपत्र खरिदका लागि रु २ हजार रुपैयाँ तिरेर दरखास्त दिन सक्ने विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मंगलबार यी राशिहरुकाे लागि शुभ, हेर्नुहाेस् राशिफल
-
पेनाल्टी सुटआउटमा जर्मनी स्तब्ध, पाराग्वे अन्तिम १६मा प्रवेश
-
जर्मनी र पाराग्वेको रोमाञ्चक भिडन्त पेनाल्टी सुटआउटमा
-
जारी विश्वकपमा पहिलो पटक खेल थप समयमा, जर्मनी र पाराग्वेबिचको भिडन्त अतिरिक्त समयमा
-
जर्मनीको पुनरागमन: काई हाभर्ट्जको गोलमा खेल बराबरी
-
एन्सिसोको गोलमा जर्मनी विरुद्ध पाराग्वे १–० ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण