दाङमा जीपले अटोलाई ठक्कर दियो, चालकको मृत्यु, पाँच घाइते
तुलसीपुर । तुलसीपुरको दूधेनामा सोमवार जीपले अटोलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । थप पाँच जना घाइते भएका छन् । दुर्घटनाका गम्भीर घाइते दाङको शान्तिनगर गाउँपालिका–१ पेदीखोला निवासी ३० वर्षीय अटो चालक रमेश विकको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ ।
गम्भीर घाइते विकलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको प्रारम्भिक उपचारपछि थप उपचारका लागि बाँकेको कोहलपुर रेफर गरिएको थियो । उनको उपचारका क्रममा बेलुकी सात बजे तिर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
दुर्घटनाका घाइते मध्य अटोमा सवार शान्तिनगर १ की ३० वर्षीया रुपा वली, उनकी २ वर्षीया छोरी पुष्पा वली र शान्तिनगर २ की ४१ वर्षीया शारदा केसीको अवस्था गम्भीर रहेको जनाइएको छ । उनीहरु तीनै जनालाई थप उपचारको लागि कोहलपुर रेफर गरिएको पनि प्रहरीले जनाएको छ ।
त्यस्तै अटोमै सवार अन्य २ जना घाइतेको अवस्था सामान्य रहेको र उनीहरुको उपचार राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा भइरहेको प्रहरीले बताइएको छ । दिउँसो तीन बजेतिर तुलसीपुरबाट पश्चिमतर्फ जाँदै गरेको रा १ ह ४३३६ नम्बरको अटो र पश्चिमबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ ज ५०८ नम्बरको जीप तुलसीपुर उपमहानगरपालिका ८ दूघेनामा एक आपसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो ।
जीप चालक प्रहरी नियन्त्रणमा छन् । प्रहरीले तीव्र गतिका कारण दुर्घटना भएको अनुमान गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्र बैंकमा डेपुटी गभर्नर थप्नु हुँदैन : एमाले सांसद कँडेल
-
अफगानिस्तानको मरुभूमि हुँदै सीमा पार गर्ने क्रममा ५ जनाको मृत्यु, १४ बेपत्ता
-
माधवसँगको छलफलपछि प्रचण्डले प्रदेश सरकारबारे निर्णय गर्ने
-
बैंकको सीईओलाई भविष्यसमा समेत अयोग्य ठहर हुनेगरी कारबाही गर्न हुँदैन : सांसद राणा
-
प्रत्यक्ष निर्वाचन प्रणाली मार्फत नै संसद्लाई समावेशी बनाउनेबारे बहस गरौँ : गगन थापा
-
संविधान संशोधनमा सुशासन, सङ्घीयता र समावेशी प्रतिनिधित्व कांग्रेसको प्राथमिकता : गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण