फोहोरबाट ग्यास उत्पादन गर्ने तयारी
झापाको दमक नगरपालिकामा कुहिने फोहोर प्रशोधन गरेर ऊर्जा उत्पादन गर्न धमाधम काम अगाडि बढेको छ । फोहोरबाट ऊर्जाअन्तर्गत ग्यास, प्राङ्गारिक मल र झोल मल उत्पादन गरिने योजना रहेको दमक नगरपालिका वातावरण शाखा प्रमुख ज्ञानेन्द्र चौधरीले बताए ।
यसका लागि फोहोर प्रशोधन केन्द्र स्थापना गरिएको छ । दमक–३ स्थित हम्सेदुम्से सामुदायिक वन क्षेत्रभित्र स्थापना गरिएको प्रशोधन केन्द्रमा नगरको फोहोर लगेर अजैविक अर्थात् प्लास्टिकयुक्त र जैविक तथा कुहिने वर्गको फोहोर छुट्याइन्छ ।
यसरी छुट्याइएको फोहोरमध्ये जैविक फोहोरलाई ठूलो ट्याङ्कीमा हालेर १५ दिनसम्म कुहाइन्छ । यसरी कुहिएको फोहोरबाट मिथेन बायोग्यास उत्पादन हुन्छ ।
उत्पादन भएको ग्यासलाई प्रशोधन गरी ग्यास पाइप अर्थात् सिलिन्डरमार्फत वितरण गरिने प्रमुख चौधरीले बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा टीकाराम उप्रेतीले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब हाम्रो नेतृत्वको सरकारले सुशासन र समृद्धिको जग बसाल्छः खगराज भट्ट
-
कमेडी शो ‘लुरे बुढा, भुँडे बुढी’ लिएर आउँदै इकु र स्नेहा
-
किन एकपछि अर्को गर्दै एक्लिँदै छ नेकपा एमाले ?
-
नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दर्ता
-
लुम्बिनीमा कांग्रेस अझै पर्खाइमा, भोलि पुन बैठक बस्ने
-
सार्वजनिक सेवा प्रसारण संस्थाको सञ्चालक समितिमा दुई सदस्य मनोनित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण