अनुराग कश्यपकी छोरीको खुलासा– अधबैंसे उमेरका व्यक्तिले गरेका थिए यौन उत्पीडन
बलिउड फिल्म निर्माता अनुराग कश्यपकी छोरी आलिया कश्यप आजकाल चर्चामा छिन् । आलियाले केही दिन अघि आफ्नो बोल्ड तस्बिर सोसल मिडियामा सेयर गरेकी थिइन् जसमा उनलाई असाध्यै ट्रोलसमेत गरिँदै छ । ट्रोलिङका कारण आलिया असाध्यै दुःखी छिन् ।
अब आलियाले एउटा भिडियो सेयर गरेकी छिन् । यो भिडियामार्फत् आलियाले आफ्नो दुःख प्रशंसकमाझ सेयर गरेकी छिन् र आफूमाथि भएको यौन उत्पीडनबारे पनि कुरा गरेकी छिन् । अलिया कश्यपले एक पोस्ट लेखेर ट्रोल गर्नेहरुमाथि आफ्नो प्रतिक्रिया दिएकी छिन् ।
आलियाले लेखेकी छिन्, ‘पछिल्लो केही हप्तादेखि मेरो मानसिक अवस्था ठिक छैन । जबदेखि मैले भित्री वस्त्रमा आफ्नो फोटो सेयर गरेको थिएँ, त्यतिबेला मैले असाध्यै भद्दा र अपमानजनक कमेन्ट गरिएको थियो । मैले पहिले कहिल्यै यति डर महसुस गरिनँ । मैले इन्स्टाग्राम अकाउन्ट डिलिट गर्नेबारे पनि सोचेँ । यस्तो प्रकारको व्यवहारले बलात्कारको घटना बढाउँछ जुन देशका हरेक महिलाका लागि गलत हो ।’
आलियाले भनिन्, ‘मानिसहरु दुष्कर्म पीडितका लागि मैनबत्ती बालेर र्याली निकाल्छन् तर महिला बाँचिरहेका बेला भने उनीहरुको रक्षा गर्दैनन् । वास्तविकता त यो हो कि भारतमा महिला आफ्नो पूरा जीवनमा यौन शोषणको सामना गर्दै हुर्किन्छन् । म यस्तै प्रतिक्रिया सुन्दै ठूली भएकी हुँ । यतिमात्रै होइन जब म निकै कम उमेरकी थिएँ तब एक अधबैंसे उमेरका व्यक्तिले यौन शोषण गरेका थिए । साँचो यो हो कि मानिसहरुले मलाई प्रताडित गरे त्यसमा महिला पनि समावेश छन्, यो सबै पाखण्ड हो ।’
आलियाले यसअघि एउटा भिडियोमा सोसल मिडियामा हट तस्बिर सेयर गर्नु भारी साबित भएको भन्दै रुँदै प्रतिक्रिया दिएकी थिइन् । उनले भिडियो सेयर गर्दै बोल्ड तस्बिर सेयर गरेपछि आफूलाई ज्यान मार्ने धम्कीसमेत भएको उनले बताइन् । यसैका कारण उनी असाध्यै डराएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धनगढी उपमहानगरले गर्याे नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति
-
गोरखामा सुधन गुरुङले भने– ‘फेरि गृहमन्त्री भएँ भने दुई महिना तस्बिर खिच्न नआउनु’
-
राष्ट्रसेवक कर्मचारी समाज, नुवाकोटको आयोजनामा स्वास्थ्य शिविर
-
एउटै मञ्चबाट २० कृति विमोचन
-
गर्मी बढेसँगै उपत्यकाका पौडी पोखरीमा बढ्यो भिडभाड, तस्बिरहरु
-
कांग्रेस कपिलवस्तुका सहसचिव अरशदले दिए राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण