बजेट अभावले चीनमै रोकिए २५ वटा विद्युतीय बस
आइतबार, १६ फागुन २०७७, ०६ : ३६
चीनमा तयार भएका २५ वटा विद्युतीय बस आर्थिक अभावका कारण नेपाल ल्याउन सकिएको छैन ।
सुन्दर यातायातले दुई वर्षअघि निर्माण गर्न लगाएको २५ वटा बसको भुक्तानी गरिसेकेको छ तर भन्सार कर बुुझाउन आवश्यक रकमको जोहो गर्न नसकेपछि बसहरू चीनमै रोकिएका छन् ।
करिब ६ महिनाको बन्दाबन्दीले योजनाअनुसार काम गर्न नपाएपछि आर्थिक समस्या हुन पुुगेको सुुन्दर यातायात प्रालिले जनाएको छध्र ४० सिट क्षमताका २५ वटा बसहरू तयारी अवस्थामा छन् ।
कम्पनीले ल्याउन ताकेता गरिरहेको छ तर भन्सार करको जोहो गर्न नसक्दा आफूहरू समस्यामा परेको सुुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा लक्ष्मण दर्नालले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायपरिषद्ले गर्यो उच्च र जिल्ला अदालतका न्यायाधीशको सरुवा सिफारिस (सूची)
-
शेख हसिना स्वदेश फर्किने प्रयासमा, बंगलादेशी राजनीतिमा उथलपुथल ल्याउने संकेत
-
दीपक भट्ट र विष्णु पौडेलको सम्पत्ति शुद्धीकरण मुद्दामा कमलकिशोर र चुन्नुप्रसाद सरकारी साक्षी
-
४०० स्थानीय तहमा जग्गाको कित्ताकाट भोलिदेखि रोकिँदै
-
बागमतीमा एमालेका मन्त्रीहरुको राजीनामा रोकियो
-
प्लेन चढेर सरकारसँग वार्ता गर्न आउँदै मिटरब्याज पीडित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण