'ओलीसँग एकता असम्भव'
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपालले केपी ओलीसँग एकता असम्भव रहेको बताएका छन् । दुवै अध्यक्षले केपी ओलीमा वैचारिक स्खलन भइसकेकाले तत्काल एकता असम्भव रहेको बताएका हुन् । उनीहरूले विचारमा एकता भएपछि मात्र पार्टी एकता सम्भव हुने बताएका छन् ।
ललितपुरको जावलाखेलमा शनिबार आयोजित दाहाल–नेपाल समूहनिकट शिक्षकहरूको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै दाहाल र नेपालले पार्टी एकता विचार, विधि र पद्धतिको विषय भएको बताएका हुन् । ‘फेरि केपी ओलीसँग सहमति हुन सक्छ सक्दैन भन्ने सन्दर्भमा सहमति कोसँग हुन्छ कोसँग हुँदैन, व्यक्तिगत रूपले को कसलाई मन पर्छ वा मन पर्दैन भन्ने विषय यो होइन, यो विचारको विषय हो र यो विधि, पद्धतिको विषय हो, विचारमा एकता भयो भने एकता हुन्छ, नभए हुँदैन,’ अध्यक्ष दाहालले भने ।
त्यस्तै सोही कार्यक्रममा दाहाल–नेपाल समूहका अर्का अध्यक्ष माधवकुमार नेपालले पनि केपी शर्मा ओलीसँग एकताको सम्भावना नरहेको बताए । ओलीसँगको सहकार्यको सम्भावना नरहेको बरु संसद् विघटनविरुद्ध आन्दोलनमा सहभागी भएकाहरूलाई साथमा लिएर संयुक्त सरकार बनाउने उनले बताए । ‘केपी ओलीसँग एकताको कुनै सम्भावना छैन, भ्रममा नपर्नुहोला केपी ओलीका मानिसहरूका आँखामा बाम लगाएर निकालेको आँसुको कुनै अर्थ छैन, बाम लगाएर आँसु निकाल्छन् र भित्र कोठामा गएर मुसुमुसु हाँस्छन्, यिनलाई मूर्ख बनाएर पठाइयो भन्छन्, त्यसकारण तपाईंहरू यस्ता कुराको भ्रममा नपर्नुहोला,’ अध्यक्ष नेपालले भने ।
आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायपरिषद्ले गर्यो उच्च र जिल्ला अदालतका न्यायाधीशको सरुवा सिफारिस (सूची)
-
शेख हसिना स्वदेश फर्किने प्रयासमा, बंगलादेशी राजनीतिमा उथलपुथल ल्याउने संकेत
-
दीपक भट्ट र विष्णु पौडेलको सम्पत्ति शुद्धीकरण मुद्दामा कमलकिशोर र चुन्नुप्रसाद सरकारी साक्षी
-
४०० स्थानीय तहमा जग्गाको कित्ताकाट भोलिदेखि रोकिँदै
-
बागमतीमा एमालेका मन्त्रीहरुको राजीनामा रोकियो
-
प्लेन चढेर सरकारसँग वार्ता गर्न आउँदै मिटरब्याज पीडित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण