१ लाख ५० हजार रुपियाँमा भिजिट भिसाको सेटिङ
अध्यागमन विभागले कुनै पनि देशमा भिजिट भिसामा जानका लागि सम्बन्धित देशको भिसा, दुईतर्फी हवाई टिकट, भिजिट भिसामा जान लागेको देशमा कति दिन बस्ने हो त्यसअनुसारको होटल बुकिङ र एक हजार अमेरिकी डलर देखाउनुपर्ने व्यवस्था गरेको छ । तर, यी कागजपत्र मात्र लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सहजै विदेश यात्रा गर्न भने पाइँदैन । सबै कागजात भएर पनि विमानस्थलका कर्मचारीलाई ‘प्रसन्न’ बनाउने कार्य गरिएन भने नेपाली नागरिकले अध्यागमन परिसर पार गर्न पाउँदैन ।
विमानस्थलका कर्मचारीलाई ‘प्रसन्न’ बनाउन कसरी सकिन्छ त ? यसका लागि बाहिर ‘सेटिङ’को व्यक्तिलाई औसत १ लाख रुपियाँ भेटी चढाउनुपर्छ, उसले माथि उल्लेख भएभन्दा अतिरिक्त अर्को पत्र बनाइदिन्छ । त्यो देखाएपछि भने नेपाली नागरिकको यात्रा अगाडि बढ्छ । त्यस ‘अर्को पत्र’का लागि यात्रुले १ लाख ५० हजार रुपियाँसम्म तिर्नुपरेको पीडितहरु बताउँछन्।
विमानस्थलमा हुने यस प्रकारको सेटिङलाई बन्द गरी भिजिट भिसामा सहजै यात्रा गर्न सकिने नयाँ नियम आउन लागे पनि नियम नआउँदासम्म भने विना सेटिङ विमानस्थलबाट यात्रुले यात्रा गर्नसक्ने अवस्था छैन । अध्यागमन विभाग प्रमुख रमेशकुमार केसीले ‘अब नयाँ नियम आएपछि भिजिट भिसामा यात्रा गर्न सहज हुनेछ’ भन्छन्।
आजको नेपाल समाचार पत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायपरिषद्ले गर्यो उच्च र जिल्ला अदालतका न्यायाधीशको सरुवा सिफारिस (सूची)
-
शेख हसिना स्वदेश फर्किने प्रयासमा, बंगलादेशी राजनीतिमा उथलपुथल ल्याउने संकेत
-
दीपक भट्ट र विष्णु पौडेलको सम्पत्ति शुद्धीकरण मुद्दामा कमलकिशोर र चुन्नुप्रसाद सरकारी साक्षी
-
४०० स्थानीय तहमा जग्गाको कित्ताकाट भोलिदेखि रोकिँदै
-
बागमतीमा एमालेका मन्त्रीहरुको राजीनामा रोकियो
-
प्लेन चढेर सरकारसँग वार्ता गर्न आउँदै मिटरब्याज पीडित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण