श्रीलंकाका जेलमा २६ नेपाली महिला : कसले पुर्यायो ?
संगठित मानव तस्करको जालोमा परेर खाडी देश जान भन्दै हिँडेका २६ महिला श्रीलंकाका विभिन्न जेलमा परेपछि महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले उद्धारको प्रक्रिया सुरु गरेको छ । मन्त्रालयले यसअघि नै संगठित मानव तस्करको फन्दामा परेर जेलमा परेका १० महिलालाई उद्धार गरी परिवारसँग भेट गराइसकेको छ ।
मन्त्रालयका प्रवक्ता टेकराज निरौलाले जेलमा रहेका २६ महिला कहिले छुट्छन् भन्नेबारे कोलोम्बोस्थित नेपाली दूतावासले निरन्तर समन्वय गरिरहेका बताए । उनका अनुसार जेलमा रहेका माथि अध्यागमन नियम उल्लंघन लगायत विषयमा अदालतमा मुद्दा चलिरहेको छ । प्रवक्ता निरौलाले मन्त्रालय अन्तरगतको मानव बेचबिखन नियन्त्रण राष्ट्रिय समिति मातहतको पुनःस्थापना कोषले जेलमा रहेका नेपाली महिलालाई छुट्नेबित्तिकै नेपाल फिर्ता ल्याउन आवश्यक खर्च व्यहोर्ने निर्णय गरिसकेको बताए । उनका अनुसार एक वर्षयता विभिन्न जेलमा रहेको बुझिए पनि उनीहरु कसरी त्यहाँ पुगे, कसले पुर्यायो भन्नेबारे विस्तृत अनुसन्धान हुन बाँकी नै छ ।
स्थलमार्ग हुँदै भारतका विभिन्न सहरबाट अवैध रुपमा खाडीका देश पुर्याएर आकर्षक जागिर मिलाइदिने आश्वासनमा श्रीलंका पुर्याएर अलपत्र पार्ने मानव बेचबिखनको शैली नयाँ होइन ।
आजको कान्तिपुर दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायपरिषद्ले गर्यो उच्च र जिल्ला अदालतका न्यायाधीशको सरुवा सिफारिस (सूची)
-
शेख हसिना स्वदेश फर्किने प्रयासमा, बंगलादेशी राजनीतिमा उथलपुथल ल्याउने संकेत
-
दीपक भट्ट र विष्णु पौडेलको सम्पत्ति शुद्धीकरण मुद्दामा कमलकिशोर र चुन्नुप्रसाद सरकारी साक्षी
-
४०० स्थानीय तहमा जग्गाको कित्ताकाट भोलिदेखि रोकिँदै
-
बागमतीमा एमालेका मन्त्रीहरुको राजीनामा रोकियो
-
प्लेन चढेर सरकारसँग वार्ता गर्न आउँदै मिटरब्याज पीडित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण