ध्रुव र एलिनाले ल्याए ‘फुर्के रिवन भर्सेस कर्ली कपाल’
आइतबार, १६ फागुन २०७७, ११ : ४०
कलाकार ध्रुव बिस्को, जीवेश गुरुङ, एलिना चौहान र रचना रिमालको स्वर रहेको गीत ‘फुर्के रिबन भर्सेस कर्ली कपाल’ सार्वजनिक भएको छ । कृष्ण केसीको शब्द रहेको गीतमा ध्रुवकै संगीत रहेको छ ।
गीतको भिडियो ‘सेभेन ११ म्युजिक फ्याक्ट्री’ले निर्माण गरेको हो । जसमा पुष्प खड्का, सुधिर श्रेष्ठ, समारिका र स्मारिका ढकालको अभिनय देख्न सकिन्छ । भिडियोमा दिनेश डिसी, गौरी मल्ल र आनन्द कार्की समेत अतिथि भूमिकामा देखिएका छन् ।
लोक लयमा तयार गीतको भिडियो ब्याटल शैलीमा तयार गरिएको छ । दुई टिमबीच भएको गायन तथा नृत्यको ब्याटललाई भिडियोमा उतारिएको छ ।
माइकल चन्दको निर्देशनमा बनेको भिडियोमा उत्सव दाहालको छायाँकन, शिलन लम्सालले सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्यानपावर कम्पनीहरूलाई कामदार पठाएको विवरण बुझाउन निर्देशन
-
अतिक्रमित सबै जग्गा किनबेच र हस्तान्तरण रोक्न पत्राचार
-
कर्णालीको सामाजिक विकास मन्त्रालयलाई ६ अर्ब १० करोड बजेट
-
कर्णालीको जलस्रोत तथा ऊर्जा मन्त्रालयको बजेट ह्वात्तै बढ्यो, ४ अर्ब ८१ करोड
-
जी–७ को सम्मेलन फ्रान्समा सुरु हुँदैः को–को जाँदैछन्, के छन् एजेन्डा ?
-
भागबण्डा नमिल्दा सुदूरपश्चिमको बजेट भाषण अनिश्चित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण