लाइसेन्स छपाइको काम रोकियो
काठमाडौं । खाली कार्ड अभाव भएपछि यातायात व्यवस्था विभागले अत्यावश्यक बाहेकका स्मार्ट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम रोकेको छ । विभागले मङ्सिरपछि आवेदन दिइएका कार्ड छपाइको काम रोकेको हो ।
मङ्सिरसम्मका कार्ड छपाएर यातायात कार्यालयमा पठाइसकेको विभागसँग अब ४० हजार थान मात्र खाली कार्ड बाँकी छन् । कार्ड सकिएपछि अत्यावश्यक बाहेकका कार्ड छपाइको काम रोकिएको विभागका प्रवक्ता लोकनाथ भुसालले जानकारी दिए । ‘पुराना बाँकी रहेका, विदेश जाने लगायत अत्यावश्यक परेका व्यक्तिलाई वितरण गर्ने गरी बाँकी कार्ड छापिरहेका छौं,’ उनले भने ।
कार्ड अभाव भएपछि विभागले दुई साताअघि फ्रान्सेली कम्पनी स्मार्ट कार्ड एण्ड सोलुसनसँग नयाँ कार्ड खरीदका लागि सम्झौता गरिसकेको छ ।
विभागले १४ करोड (१२ लाख ४ हजार अमेरिकी डलर)मा उक्त कम्पनीलाई ठेक्का दिएको हो । गत भदौ दोस्रो साता स्मार्ट लाइसेन्स कार्डका लागि ठेक्का आह्वान गरिएकोमा मलेशियाको कम्पनी आइरिस बर्हाड कर्पोरेसन, फ्रान्सेली कम्पनी एसईएलपी र भारतीय कम्पनी मद्रास सेक्युरिटी प्रिन्टर्सले आवेदन दिएका थिए । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायपरिषद्ले गर्यो उच्च र जिल्ला अदालतका न्यायाधीशको सरुवा सिफारिस (सूची)
-
शेख हसिना स्वदेश फर्किने प्रयासमा, बंगलादेशी राजनीतिमा उथलपुथल ल्याउने संकेत
-
दीपक भट्ट र विष्णु पौडेलको सम्पत्ति शुद्धीकरण मुद्दामा कमलकिशोर र चुन्नुप्रसाद सरकारी साक्षी
-
४०० स्थानीय तहमा जग्गाको कित्ताकाट भोलिदेखि रोकिँदै
-
बागमतीमा एमालेका मन्त्रीहरुको राजीनामा रोकियो
-
प्लेन चढेर सरकारसँग वार्ता गर्न आउँदै मिटरब्याज पीडित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण