कतारमा श्रमिक लैजान मागपत्रमै सेवा शुल्क उल्लेख गर्नुपर्ने
सोमबार, १७ फागुन २०७७, ०७ : ३४
कतारमा रोजगारदाता कम्पनीले नेपालबाट श्रमिक लान म्यानपावर कम्पनीलाई दिइनुपर्ने सेवा शुल्क मागपत्रमै स्पष्ट उल्लेख गर्नुपर्ने भएको छ ।
यसअघि रोजगारदाताले श्रमिकको टिकट र भिसा खर्चसम्बन्धी विवरण मात्रै उल्लेख गर्ने गरेको थियो ।
नेपाली दूतावासका अनुसार मागपत्रमा सेवा शुल्क उल्लेख नगर्ने रोजगारदाताले नेपाली श्रमिक ल्याउन पाउने छैन ।
'यसलाई दूतावासले फागुन १७ गतेदेखि नै कार्यान्वयन गर्नेछ', कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजले भने, 'सेवा शुल्कसम्बन्धी प्रतिबद्धता नभएको मागपत्र प्रमाणीकरण गरिनेछैन ।'
कतारको श्रम कानुनले नै श्रमिक ल्याउने रोजगारदाताले नै सेवा शुल्क दिनुपर्ने सम्बोधन गरेको भन्दै दूतावासले यसलाई कार्यान्वयनमा ल्याएको हो । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायपरिषद्ले गर्यो उच्च र जिल्ला अदालतका न्यायाधीशको सरुवा सिफारिस (सूची)
-
शेख हसिना स्वदेश फर्किने प्रयासमा, बंगलादेशी राजनीतिमा उथलपुथल ल्याउने संकेत
-
दीपक भट्ट र विष्णु पौडेलको सम्पत्ति शुद्धीकरण मुद्दामा कमलकिशोर र चुन्नुप्रसाद सरकारी साक्षी
-
४०० स्थानीय तहमा जग्गाको कित्ताकाट भोलिदेखि रोकिँदै
-
बागमतीमा एमालेका मन्त्रीहरुको राजीनामा रोकियो
-
प्लेन चढेर सरकारसँग वार्ता गर्न आउँदै मिटरब्याज पीडित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण