अग्नि पीडितलाई पठाएको पाल एक महिनादेखि गाउँपालिकामै थन्कियो
जुम्ला तिला गाउँपालिका–७ गोठी गाउँमा गत माघ १५ गते खाना पकाउने क्रममा चुलोबाट निस्केको सानो झिल्कोले बस्ती नै खरानी बनायो । अल्पकालिन समस्या समाधानका लागि गृहमन्त्रालयबाट टेन्ट आइपुगे पनि तिला गाउँपालिकामै थन्किएका छन् ।
नाग्म बजार पुगेका पीडितले भने, ‘अल्पकालीन समस्या समाधानका लागि पाल पुगेको छ भन्ने सुनेका छौँ । न देखेका छौँ, न पाएका । एकपटक लिइसकेपछि पाल फिर्ता गर्नुपर्छ भनेर गाउँपालिकाले भनेको छ । यो विषयमा पहल गरिदिनुपर्यो ।’
उनले अग्नि पीडितका लागि आएको पाल तत्काल उपलब्ध गराउन आग्रह गरे । जिल्ला प्रशासन कार्यालय जुम्लाको पहलमा गृह मन्त्रालयले ३१ वटा पाल पठाएको थियो । ‘त्यो पाल सिधै विपद् व्यवस्थापन समितिमा पुग्नुपर्ने हो,’प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले भने, ‘अब उपलब्ध गराउन आग्रह गर्दछु ।’
पीडितका लागि ३१ वटा पाल आएका छन् । विश्व खाद्य कार्यक्रमले गृहमन्त्रालयको समन्वयमा पठाएको पाल पीडितले पाउन नसक्नु दुःखद् पक्ष हो ।
आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायपरिषद्ले गर्यो उच्च र जिल्ला अदालतका न्यायाधीशको सरुवा सिफारिस (सूची)
-
शेख हसिना स्वदेश फर्किने प्रयासमा, बंगलादेशी राजनीतिमा उथलपुथल ल्याउने संकेत
-
दीपक भट्ट र विष्णु पौडेलको सम्पत्ति शुद्धीकरण मुद्दामा कमलकिशोर र चुन्नुप्रसाद सरकारी साक्षी
-
४०० स्थानीय तहमा जग्गाको कित्ताकाट भोलिदेखि रोकिँदै
-
बागमतीमा एमालेका मन्त्रीहरुको राजीनामा रोकियो
-
प्लेन चढेर सरकारसँग वार्ता गर्न आउँदै मिटरब्याज पीडित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण