बेलायतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या एक लाख २३ हजार नाघ्यो
लन्डन । बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख २३ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा थप ३४३ जना कोरोना संक्रमितको मृत्यु भएसँगै बेलायतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख २३ हजार २९६ पुगेको ‘डिपार्टमेन्ट अफ सोसल केयर’ ले जानकारी दिएको छ ।
अघिल्लो दिन आइतबार १०४ जना कोरोना संक्रमितको मृत्यु भएको थियो, जुन दैनिक मृतक संख्या धेरै समयपछिको न्यून हो । यसैगरी बेलायतमा पछिल्लो २४ घन्टामा ६ हजार ३९१ जना नयाँ संक्रमित थपिएका छन् । दैनिक संक्रमित संख्या गत वर्ष सेप्टेम्बरपछिकै कम हो ।
थपिएका नयाँ संक्रमितसँगै बेलायतमा संक्रमितको संख्या ४१ लाख ८८ हजार ४०० पुगेको छ । पछिल्लो समयमा कोरोना संक्रमणदरमा निरन्तर ह्रास आउँदै गएको तथ्याँकले देखाएको छ । हाल जारी लकडाउन र कोरोना विरुद्धको खोपलाई दिइएको तीव्रताका कारण कोरोना संक्रमणमा कमी आएको सरकारले दावी गरेको छ ।
बेलायतका अस्पतालमा उपचारार्थ कोरोना संक्रमितको संख्या घटेर १२ हजार ७४८ मा झरेको छ । यसैगरी भेन्टिलेटर बेडमा उपचार गर्नेको संख्या एक हजार ८०६ रहेको छ ।
दुई करोड १३ लाख भन्दा बढी खोप वितरण
बेलायतमा सोमबारसम्म दुई करोड १३ लाख भन्दा बढी कोरोना विरुद्धको खोप वितरण भइसकेको छ । पहिलो र दोस्रो डोजको खोप गरि दुई करोड १३ लाख २२ हजार ७१७ डोज खोप वितरण भइसकेको ‘डिपार्टमेन्ट अफ सोसल केयर’ को तथ्याँकमा उल्लेख छ ।
कोरोना विरुद्धको खोप अभियान शुरु भएयता बेलायतमा दुई करोड ४ लाख ७८ हजार ६१९ जनाले खोपको पहिलो डोज लिएका छन् । यसैगरी ८ लाख ४४ हजार ९८ जनाले खोपको दोस्रो डोज लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण