केकी अभिनित ‘सुनसान मन’ चर्चामा
काठमाडौँ । गायिका रानी शाक्यको गीत ‘सुनसान मन’ अहिले चर्चामा छ । राजेश शाक्यको शब्द तथा ओम कर्माचार्यको संगीत रहेको गीतले दिन प्रतिदिन चर्चा कमाउन सफल भएको गायिका शाक्यले बताइन् ।
गीतको भिडियोमा अभिनेत्री केकी अधिकारीको अभिनय रहेको छ । केकी भिडियोमा निकै फरक तवरले प्रस्तुत भएकी छन् ।
कोरोनाको कहरमा अग्रपङ्तिमा काम भर्ने स्वस्थ्यकर्मीको कथा व्यक्त गरेको गीत माथि भिडियो निर्माण गर्ने काम भने फिल्मका निर्देशक मदन घिमिरेले गरेका हुन् । भिडियोमा केकीले अग्रपङ्तिमा काम गर्ने स्वास्थ्यकर्मीको जिम्बेवारी र उनको मनका भावना अभिनय मार्फत ब्यक्त गरेकी छन् ।
थुपै्र फिल्म निर्देशक गरेका घिमिरे पछिल्लो समय भिडियो निर्देशनमा समेत ब्यस्त रहदै आएका छन् । गीतकार, चलचित्र निर्माता समेत रहेका घिमिरे उद्योग वाणिज्य महासंघका सदस्य पनि हुन् ।
काठमाडौं, धुलिखेल, दोलालघाट लगायतका स्थानमा छायाँकन भएको भिडियोमा रामेश्वर हुमागाईं छायाँकन, प्रेम शर्मा पौडेलको सम्पादन रहेको छ ।
गीतको भिडियोमा महामारीको समयमा जिम्मेवारी निर्वाह गर्न खटिने स्वास्थ्यकर्मीको बिभिन्न पाटोहरू केकीको अभिनय मार्फत बुझाउने प्रयास आफूले गरेको निर्देशक घिमिरेले बताए । ‘गीतको भिडियो निर्माणमा धेरै मिहिनेत भएको थियो’ घिमिरेले भने ‘अहिले चर्चा पाएको देख्दा खुसी लाग्यो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक सरुवा सम्बन्धी ३ बुँदे नयाँ निर्देशन
-
सबैको साझा नेता बन्न चाहन्छुः सहमहामन्त्री आचार्य
-
‘अहिले पनि बजेट हेरफेर गरिरहेको गाइँगुइँ छ’
-
शङ्कास्पद शैक्षिक प्रमाणपत्रहरूमाथि ‘अपरेसन’
-
काठमाडौँ महानगरपालिका : नीति कार्यक्रममाथि आजदेखि छलफल सुरु
-
अनमोलसँगको तस्बिर शेयर गर्दै सुस्मिताले भनिन्, ‘मेरो कानुनी पहिचान छोरामार्फत पाएँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण