जगदम्बा सिमेन्टद्वारा निर्माण एक्सपर्टहरुसँग अन्तरक्रिया
काठमाडौं । जगदम्बा सिमेन्टले फागुन १७ गते सिन्धुपालञ्चोकको मेलम्चीमा ४० भन्दा धेरै निर्माणकर्मी, इन्जिनिएर, आयोजना प्रमुखलगायत मिडियाकर्मीहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । निर्माण एक्सपर्टहरुसँगको सहकार्य र समन्वयले मात्र राष्ट्रको समृद्धि हुन सक्ने कुरालाई मनन गर्दै उक्त कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ ।
कार्यक्रममा कम्पनीका बिक्री प्रबन्धक नवराज भुर्तेलले भौतिक संरचनाहरु भूकम्प प्रतिरोधात्मक बनाउन गुणस्तरीय निर्माण सामाग्रीका प्रयोगका साथै दक्ष जनशक्तिहरूबाट निर्माण सम्पन्न गर्नुपर्ने कुरा प्रष्ट पारे । त्यस्तै मेलम्ची नगरपालिका भवन शाखाका प्रमुख इन्जिनीयर जितबहादुर कार्कीले निर्माण संरचना र सेटिङ टाइमका आधारमा मात्र ओपिसी र पिपिसी सिमेन्टको प्रयोग गर्नुपर्ने कुरामा जोड दिए ।
स्थापनाकालदेखि नै निर्माणकर्मी, उपभोक्ता तथा बिक्रेतालाई विभिन्न कार्यक्रमहरु जस्तै जगदम्बा जागरण, जगदम्बा विशेष, जगदम्बा आरोहण, जगदम्बा प्रयोग विधिबाट लाभान्वित गर्दै आएकोमा भावी दिनहरुमा यस्ता कार्यक्रमहरुको निरन्तरता दिने प्रतिबद्धता कम्पनीका बरिष्ठ ब्राण्ड मेनेजर जगन्नाथ दाहालले गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रौतहट दुर्घटना : मृतकको पहिचान खुल्यो
-
१० बजे १० समाचार : १० सचिवको सरुवा, ट्राफिक नियम उल्लङ्घनमा हर्क सम्पाङलाई कारबाही
-
रास्वपा सभापति लामिछानेले भेटे राष्ट्रपति, के भयाे कुराकानी ?
-
निर्वाचन विधेयकले कानुनी रूप लिएपछि धेरै कुरा समेटिने छ : आयुक्त तुलाधर
-
नेपाल अर्बपतिहरूको गन्तव्य बन्न सक्छ : अर्थमन्त्री
-
अभाव हटे पनि निगम किन बेच्दैन भरी सिलिन्डर ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण