नेपाल म्युजिक एण्ड फेशन अवार्ड हुने
काठमाडौँ । नेपाली गीत संगीत र पहिरनलाई प्रोत्साहन गर्ने उदेश्यले ‘नेपाल म्युजिक एन्ड फेशन अवार्ड २०२१’ आयोजना हुने भएको छ । स्टार वान इन्टरटेनमेन्ट यो अवार्ड आयोजना गर्न लागेको हो ।
वैशाखको पहिलो साता आयोजना हुने अवार्डको लागि अहिले आवेदन फर्म खुल्ला गरिएको छ । १५ चैतसम्म फारम भरिसक्नुपर्ने आयोजकले प्रावधान राखेकोछ ।
प्रतियोगितामा सहभागीका लागि १६ फेब्रुअरी २०१९ देखि १५ फेब्रुअरी २०२१ सम्म सार्वजनिक भएका गतिसंगीत तथा फेसन हुनुपर्ने आयोजक संस्थाका निर्देशक बालकृष्ण पोखरेलले जानकारी दिए ।
अवार्डमा गीतसंगीत तर्फ आधुनिक, गजल, लोक, लोक दोहोरी, पप, लोक पप, चलचित्र, राष्ट्रिय भाव, चाड पर्व, भाषाभाषी, भेक विशेष र भजन गीतहरुका थुप्रै बिधा समावेश छन् भने फेसन तर्फ यो कोरियोग्राफर, र्याम्प मोडल, पेजेन्ट मोडल, विज्ञापन मोडल, फेसन डिजाईनर, फेसन मेकअप, फेसन हेयर, इभेन्ट म्यानेजर, इभेन्ट म्यानेजमेन्ट कम्पनी, पेजेन्ट अर्गनाईजर, इभेन्ट कोअर्डिनेटर, इभेन्ट होस्ट, अन्तराष्टिय ब्युटिपेजेन्ट उपाधि विजेता, राष्ट्रिय व्युटिपेजेन्टलगायतका उपाधि रहेका छन् ।
अवार्ड समारोहमा संगीत, मोडलिङ र फेशनमा योगदान दिनेलाई समेत सम्मान गरिने कार्यक्रममा कला पत्रकारलाई पुरस्कार तथा सम्मान समेत प्रदान गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक सरुवा सम्बन्धी ३ बुँदे नयाँ निर्देशन
-
सबैको साझा नेता बन्न चाहन्छुः सहमहामन्त्री आचार्य
-
‘अहिले पनि बजेट हेरफेर गरिरहेको गाइँगुइँ छ’
-
शङ्कास्पद शैक्षिक प्रमाणपत्रहरूमाथि ‘अपरेसन’
-
काठमाडौँ महानगरपालिका : नीति कार्यक्रममाथि आजदेखि छलफल सुरु
-
अनमोलसँगको तस्बिर शेयर गर्दै सुस्मिताले भनिन्, ‘मेरो कानुनी पहिचान छोरामार्फत पाएँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण