ओली पक्षले भन्यो: प्रचण्ड-माधव पक्षको पत्राचारले मान्यता पाउँदैन
शुक्रबार, २१ फागुन २०७७, १८ : ०८
काठमाडौं । नेकपा केपी ओली पक्षका मुख्य सचेतक विशाल भट्टराईले प्रचण्ड–माधव पक्षले संसद सचिवालयलाई लेखेका पत्रप्रति ध्यानकर्षण भएको जनाएका छन् । उनले आज एक विज्ञप्ति जारी गर्र्दै प्रचण्ड–माधव पक्षले फागुण १७ मा संघीय संसद सचिवालयका महासचिवलाई सम्बोधन गरी लेखेको दुई पाने पत्रले मान्यता नपाउने बताएका हुन् । उनले दलको विधान २०७५ बमोजिम दलको नेता केपी शर्मा ओलीनै भएको दाबी गरेका छन् ।
उनले भनेका छन्ः ‘नेपालको संविधान तथा प्रचलित कानुन बमोजिम बाहेक कोही कसैले कुनै गैरसंवैधानिक र गैरकानुनी निर्णय गरिएको पत्राचारको कुनै कानुनी आधार, औचित्य र प्रभाव हुन सक्दैन । प्रचण्ड माधव पक्षले गरेका निर्णयबारे गत १७ गते संघीय संसदका महासचिवलाई पत्र पठाएका थिए । जसमा संसदीय दलका विभिन्न नेतालाई कार्वाही गरिएको उल्लेख थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
-
ट्रम्पको हस्तक्षेपमा रातो कार्ड निलम्बन : फिफामा उजुरी दिने नर्वेको तयारी
-
स्वास्थ्यका महत्त्वपूर्ण निकायमा नेतृत्व सङ्कटः मन्त्रालय मौन, अड्डाहरू निमित्तकै भरमा
-
कन्टेक-सिङ्घा जेभीलाई सडक विभागको १५ दिने स्पष्टीकरण, कालोसूचीमा राख्ने चेतावनी
-
५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम
-
‘स्वस्थ शिशु प्रतिस्पर्धा’ हुँदै, दरखास्त फाराम खुल्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण