लेवान्डोस्कीको ह्याट्रिकको मद्दतले डर्टमन्डविरुद्ध बायर्नको पुनरागमन
रोबर्ट लेवान्डोस्कीले ह्याट्रिक गर्दा बायर्न म्युनिखले दुई गोलले पछि परेको स्थिति उल्टाउँदै डर क्लासिकरमा बोरुसिया डर्टमन्डलाई ४–२ गोलअन्तरले पराजित गरेको छ ।
शनिबार भएको खेलमा डर्टमन्डले खेलको ९ मिनेट भित्र नै दुई गोलको अग्रता लिएको थियो । दुवै गोल अर्लिङ ब्राउट हालान्डले गरेका थिए । तर, त्यसपछि भने बायर्नले गोलको वर्षा गर्यो ।
२६ औँ मिनेटमा लेवान्डोस्कीले बायर्नका लागि गोल फर्काए भने ४४ औँ मिनेटमा पेनाल्टीबाट बराबरी गोल गरे । दोस्रो हाफको अन्त्यतिर लियोन गोरेटज्काले बायर्नलाई अग्रता दिलाए । खेलको अन्तिम मिनेटमा अर्को गोल थप्दै लेवान्डोस्कीले आफ्नो ह्याट्रिक पुरा गरे । बुन्डेस लिगामा लेवान्डोस्कीको यो १३ औँ ह्याट्रिक थियो । लिगमा उनको यो २६७ औँ गोल पनि थियो ।
जीतसँगै बायर्न ५५ अंकसहित लिगको शीर्ष स्थानमा कायम रहेको छ । डर्टमन्ड भने लिगको छैटौँ स्थानमा खस्किएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलादेश छात्रवृत्ति प्रकरण : बंगलादेशलाई कूटनीतिक नोट, तर आएन जवाफ
-
युट्युबमा भ्युज बढाउन ४ हजार ६०० फोन चलाउने युवालाई १५ महिनाको जेल
-
रहेनन् कलाकार उज्वल केसी
-
रविमाथिको छानबिनबारे कांग्रेस–एमालेको ‘स्यान्डविच’ बने प्रचण्ड
-
मधेस प्रदेश सरकार एमाले नेतृत्वमा बन्ने सम्भावना छ : नेता यादव
-
दैलेखमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ जना घाइते