लेवान्डोस्कीको ह्याट्रिकको मद्दतले डर्टमन्डविरुद्ध बायर्नको पुनरागमन
रोबर्ट लेवान्डोस्कीले ह्याट्रिक गर्दा बायर्न म्युनिखले दुई गोलले पछि परेको स्थिति उल्टाउँदै डर क्लासिकरमा बोरुसिया डर्टमन्डलाई ४–२ गोलअन्तरले पराजित गरेको छ ।
शनिबार भएको खेलमा डर्टमन्डले खेलको ९ मिनेट भित्र नै दुई गोलको अग्रता लिएको थियो । दुवै गोल अर्लिङ ब्राउट हालान्डले गरेका थिए । तर, त्यसपछि भने बायर्नले गोलको वर्षा गर्यो ।
२६ औँ मिनेटमा लेवान्डोस्कीले बायर्नका लागि गोल फर्काए भने ४४ औँ मिनेटमा पेनाल्टीबाट बराबरी गोल गरे । दोस्रो हाफको अन्त्यतिर लियोन गोरेटज्काले बायर्नलाई अग्रता दिलाए । खेलको अन्तिम मिनेटमा अर्को गोल थप्दै लेवान्डोस्कीले आफ्नो ह्याट्रिक पुरा गरे । बुन्डेस लिगामा लेवान्डोस्कीको यो १३ औँ ह्याट्रिक थियो । लिगमा उनको यो २६७ औँ गोल पनि थियो ।
जीतसँगै बायर्न ५५ अंकसहित लिगको शीर्ष स्थानमा कायम रहेको छ । डर्टमन्ड भने लिगको छैटौँ स्थानमा खस्किएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण