बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अब टान र एनएमए बाहेका संघ-संस्थाहरुले पनि पर्यटकको भिसा सिफारिस गर्न सक्ने

आइतबार, २३ फागुन २०७७, १७ : १३
आइतबार, २३ फागुन २०७७

काठमाडौं । नेपाल पर्यटन बोर्ड (एनटीबी) ले विदेशी पर्यटक आगमनलाई थप केहि सहज बनाएको छ । बोर्डले यसअघि लागू गरेको भिसा अनुमति सिफारिसको व्यवस्थामा केही परिवर्तन गर्दै सहज बनाएको हो ।  आइतबार एक सूचना जारी बोर्डले ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) र नेपाल पर्वतारोहण संघ (एनएमए) बाहेकका संघ,संस्थाहरूले पनि अब विदेशी पर्यटकहरूको भिसाका लागि सिफारिस गर्न सक्ने जनाएको छ । 

यसअघि यी दुई संस्थाहरूलाई मात्र बोर्डले भिसा सिफारिसका लागि अधिकार दिएको थियो । कोभिड–१९ पछि पहिलोपटक गत कार्तिक १ गतेदेखि हिमाल आरोहण तथा पद यात्राका लागि विदेशी नागरिकहरु खुल्ला गरेको सरकारले भिसा सिफारिस देखि ५ दिनको अनिवार्य होटल क्वारिन्टिन लगायत अन्य आवश्यक स्वास्थ्य प्रोटोकलको मापदण्ड लागू गरेको थियो । 

हाल नेपालसहित विश्वका अधिकांश मुलुकहरुमा कोभिड–१९ विरुद्धको भ्याक्सिन पुगिसकेको अवस्थामा विदेशी पर्यटकहरूलाई रोकिराख्नु आवश्यक नदेखिएकाले भिसा सिफारिसको व्यवस्थासहित अन्य केहीँ नीतिमा परिवर्तन गरिएको बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा.धनजन्य रेग्मीले जानकारी दिए ।  यद्यपी भिसा सिफारिस बाहेक अन्य मापदण्डहरु भने अझैं यथावत नै कायम रहेको छ । 

अब कसरी पाउन सक्छन् पर्यटकले भिसा ?

पर्यटन बोर्डकाअनुसार अब नेपाल भ्रमणको भिसा चाहने जोकोहीँ विदेशी नागरिकले आफ्नो पासपोर्टको प्रतिलिपी, नेपाल भ्रमणको तालिका, अन्तर्राष्ट्रिय हवाई टिकट बुक गरेको प्रमाण, यात्रा बीमाको प्रमाणसमेत बोर्डमा बुझाउनुपर्ने छ ।

यसका लागि सम्बन्धित पर्यटकको भिसा सिफारिस गर्ने संस्थाले आवश्यक भिसा माग गर्दा कम्तीमा ५ दिन होटल क्वारेन्टिनमा रहने गरी बुकिङ गरेको खुल्ने कागजातको प्रतिलिपी, पर्यटकको नाम, पासपोर्ट नम्बरसहित आवश्यक सबै कागजात संलग्न रहेको भनी सिफारिस पत्रसमेत बोर्डमा पेस गर्नुपर्ने छ । तर, यस्तो प्रोसस् अब अन्य जुनकुनै पर्यटन व्यवसायिक संघ संस्थाहरु गर्न सक्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप