प्रतिनिधिसभा बैठकमा भीम रावलको प्रश्न– यो सरकार कुन पार्टीको हो ?
आइतबार, २३ फागुन २०७७, १७ : ३८
काठमाडौं । प्रतिनिधिसभा बैठकमा सांसद भीम रावलले वर्तमान सरकार कुन पार्टीको हो भन्ने प्रश्न गरेका छन् । आइतबार प्रतिनिधिसभा बैठक नियमित कार्यसूचीमा प्रवेश गर्नासाथ नेकपाको प्रचण्ड–माधव पक्षका सांसद आफ्नो स्थानबाट उठेर बैठक अवरुद्ध गरेका थिए ।
सभामुख अग्निप्रसाद सापकोटाले समय दिएपछि सांसद रावलले बैठक अन्य कार्यसूचीमा प्रवेश नगर्ने सहमति भएको भन्दै बैठकलाई श्रद्धाञ्जलीसम्बन्धी कार्यसूचीमा सीमित राख्नुपर्ने तर्क गरेका थिए ।
उनले सर्वोच्च अदालतबाट आइतबार नेकपा विवादसम्बन्धी रिटमा ऋषि कट्टेलको पक्षमा फैसला गरेको तर्फ संकेत गर्दै ‘वर्तमान सरकार नेपाल कम्युनिस्ट पार्टी नेकपा होइन भने अहिलेका प्रधानमन्त्री कुन पार्टीको ?’ भनेर प्रश्नसमेत गरे । उनले भने, ‘प्रधानमन्त्री कुन पार्टीको हुनुहुन्छ, त्यसपछिमात्र ती अध्यादेशका बारेमा अघि बढ्नुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण