राजनीति २०७५ जेठ ३ गते अगाडिको अवस्थामा पुग्योः प्रदीप ज्ञवाली
काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सर्वोच्च अदालतको फैसलाका विषयमा पार्टीभित्र छलफल गरेर निष्कर्षमा पुगिने बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा मन्त्री ज्ञवालीले सो कुरा बताएका हुन् । ‘सर्वोच्च अदालतले २०७५ जेठ ३ गते अघिकै पार्टीलाई मान्यता दिएको छ । सो फैसलाले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई नै मान्यता दिएको छ । सर्वोच्चले दुईवटा दलको अस्तित्वलाई स्वीकार गरेको छ । यो विषयमा हामी छलफल गरेर निष्कर्षमा पुग्छौं’ नेकपा केपी ओली पक्षका नेता समेत रहेका ज्ञवालीले भने ।
सर्वोच्चले पार्टी एकता गर्ने हो भने राजनीतिक दलसम्बन्धी ऐनको प्रक्रिया पुरा गरेर आउनु भनेकोले त्यसका लागि समेत छलफल गर्ने ज्ञवालीले बताए । उनले पार्टी एकता गर्दाको आधार बलियो नभएको समेत सर्वोच्चको फैसलाले पुष्टि गरेको बताए । ‘ अब वैज्ञानिक, वस्तुगत र सही आधारहरू पहिल्याएर एकताका लागि पहल गर्छौं’ उनले भने ।
आइतबार सर्वाेच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीको आधिकारिकता ऋषि कट्टेल नेतृत्वको नेकपालाई दिएको छ भने केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपालाई खारेज गरिदिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण