प्रमोदको आवाजमा ‘फटाह फणिन्द्रे’को गीत
काठमाडौँ । अरुण खड्काको निर्माण निर्देशकमा बन्न लागेको फिल्म हो ‘फटाह फणिन्द्रे’ । चैत्रको पहिलोसाताबाट छायाँकन तयारीमा रहेको फिल्मको रेकडिङ गरिएको छ ।
फिल्म भित्र रहने लभ सङ्ग ‘बैगुनीलाई के माया लाउने ’ बोलको गीत आइतबार गायक प्रमोद खरेल र गायिका मेलिना राईले आफ्नो स्वरमा रेकर्ड गराएका छन् । पुतलीसडक स्थित एक वान म्युजिसियन स्टुडियोमा रेकर्ड भएको गीत आफुहरुलाई निकै मनपरेको गायक खरेलले बताए । डिपी खनालको शब्द, कृष्ण कट्टेलको संगीत रहेको गीतको शम्भु बाँनियाले एरेन्ज गरेका हुन् ।
कर्मा, छुल्ठिम गुरुङ, सुस्मा कार्की, रोहित रुम्बा, उत्तक केसी, बुद्धी तामाङ, रवि डंगोल लगायत कलाकारको मुख्य भुमिका रहने फिल्म श्रीराम बालाजी फिल्मस् र अरुण फिल्म प्रोडक्सनले संयुक्त ब्यानरमा निर्माण हुन लागेको हो ।
सुनिल मानन्धर प्रस्तुकर्ता रहेको फिल्मको निर्माता विक्रम सिंह गुरुङ र कार्यकारी निर्माता नेत्र बिष्ट हुन् । फिल्ममा रोशन श्रेष्ठको द्वन्द, रामजी लामिछाने र कबिराज गहतराजको नृत्य, विपिन मल्लको सम्पादन र ईश्वरलाल सिंकेमनको छायाँकन रहनेछ ।
उत्तम केसीको कथा रहेको फिल्ममा पट्कथा, संवाद हिमाल उप्रेती, सुशिल पोखरेल र अरुण खड्काको रहेको फिल्ममा अपराधको कथा कमेडीको माध्यमबाट पस्कन लागेको निर्देशक खड्काले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सबैको साझा नेता बन्न चाहन्छुः सहमहामन्त्री आचार्य
-
‘अहिले पनि बजेट हेरफेर गरिरहेको गाइँगुइँ छ’
-
शङ्कास्पद शैक्षिक प्रमाणपत्रहरूमाथि ‘अपरेसन’
-
काठमाडौँ महानगरपालिका : नीति कार्यक्रममाथि आजदेखि छलफल सुरु
-
अनमोलसँगको तस्बिर शेयर गर्दै सुस्मिताले भनिन्, ‘मेरो कानुनी पहिचान छोरामार्फत पाएँ’
-
नियन्त्रणमा रहेको भूमिबाट पछि नहट्ने इजरायलको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण