‘म्युजिक भिडियो’ अवार्डमा बाँस्कोटा र पोखरेललाई सम्मान
सोमबार, २४ फागुन २०७७, १२ : ४१
काठमाडौँ । विशिष्ट संगीतकार शम्भुजित बाँस्कोटालाई ‘फादर अफ म्यूजिक भिडियो’ सम्मान दिइने भएको छ । सदिक्षा फिल्मस्ले हङकङमा आयोजना गर्न लागेको अवार्ड ‘म्युजिक भिडियो’मा बाँस्कोटालाई यो सम्मान दिन लागेको हो ।
बाँस्कोटा नेपाल निर्माण भएको पहिलो म्युजिक भिडियोका निर्देशक हुन् । सोही कारणले पनि उनलाई यो सम्मान दिन लागिएको हो ।
कार्यक्रममा गायक सीताराम पोखेललाई ‘ट्रेन्ड सेटर्स अवार्ड’ प्रदान गरिँदैछ । लामो समयदेखि गायन र अभिनयमा क्रियासिल पोखरेलले म्युजिक भिडियोमा नयाँ ट्रेन सेट गर्न सफल भएको आयोजकको भनाइ छ ।
४१ विधाका बाँडिने ‘म्युजिक भिडियो’ अवार्ड केही महिनापछि हङकङमा आयोजना हुने आयोजक सदिक्षा फिल्मस्का मनोज केसीले जानकारी दिए । अवार्डको उत्कृष्ट ५ मनोनयन सुची केही दिन अगाडि सार्वजनिक भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक सरुवा सम्बन्धी ३ बुँदे नयाँ निर्देशन
-
सबैको साझा नेता बन्न चाहन्छुः सहमहामन्त्री आचार्य
-
‘अहिले पनि बजेट हेरफेर गरिरहेको गाइँगुइँ छ’
-
शङ्कास्पद शैक्षिक प्रमाणपत्रहरूमाथि ‘अपरेसन’
-
काठमाडौँ महानगरपालिका : नीति कार्यक्रममाथि आजदेखि छलफल सुरु
-
अनमोलसँगको तस्बिर शेयर गर्दै सुस्मिताले भनिन्, ‘मेरो कानुनी पहिचान छोरामार्फत पाएँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण