‘नेपाल टप म्युजिक अवार्ड’ आयोजना हुने
काठमाडौँ । नेपाली गीत–संगीतको प्रचार प्रसार गर्दै र त्यसका स्रष्टालाई पुरस्कृत गर्ने उद्देश्यले ‘नेपाल टप म्युजिक अवार्ड–२०२१’ आयोजना हुने भएको छ । आयोजक युथ ग्रुप नेपालले सोमबार एक विज्ञप्ति जारी गर्दै अवार्डको सवै विधामा आवेदन खुल्ला भएको जनाएको हो ।
सुगम संगीत, पप संगीत, लोक दोहोरी, अन्तर्राष्ट्रिय भिडियो, चर्चित गीत, चलचित्र गीत, भाषागत र प्रादेशिकतर्फ गरेर गायक, गायिका, संगीतकार, एरेन्ज, भिडियोलगायत करिव तीन दर्जन बढी विधा अवार्डमा समेटिएको छ ।
‘नेपालको शान, गीतसंगीत राष्ट्रको पहिचान’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको अवार्डमा वर्ष २०७६, ०७७ चैत्र मसान्तसम्म बजारमा आएका जुनैपनि गीत संगीतले सहभागिता जनाउन सक्नेछन् ।
नयाँ वर्षको असारमा एक भव्य कार्यक्रम सहित बितरण हुने अवार्डमा समारोहमा लामो समय गीत संगीतमा बिताएका स्रष्टा तथा रंग पत्रकारलाई नगद सहित सम्मान गरिनेछ ।
अवार्डको जुरी तथा उत्कृष्ट ५ मनोनयन सूची जेठमा सार्वजनिक गरिने आयोजक युथ ग्रुप नेपाल अध्यक्ष अशोक क्षेत्रीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सबैको साझा नेता बन्न चाहन्छुः सहमहामन्त्री आचार्य
-
‘अहिले पनि बजेट हेरफेर गरिरहेको गाइँगुइँ छ’
-
शङ्कास्पद शैक्षिक प्रमाणपत्रहरूमाथि ‘अपरेसन’
-
काठमाडौँ महानगरपालिका : नीति कार्यक्रममाथि आजदेखि छलफल सुरु
-
अनमोलसँगको तस्बिर शेयर गर्दै सुस्मिताले भनिन्, ‘मेरो कानुनी पहिचान छोरामार्फत पाएँ’
-
नियन्त्रणमा रहेको भूमिबाट पछि नहट्ने इजरायलको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण