गीत हिट हुँदा चुनौती थपिन्छ: प्रसाई
काठमाडौँ । पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा चर्चामा रहेको गीतमध्ये एक हो ‘पुरानो घाउ’ । गायिका अन्जु पन्तको स्वर र सन्तोष श्रेष्ठको संगीत रहेको गीत युट्युव ट्रेनिङमा समेत आउन सफल भएको थियो । देवेन्द्र पाण्डेको निर्देशन रहेको गीतको भिडियोमा भने पूजा शर्मा र आकाश श्रेष्ठको अभिनय रहेको छ ।
प्रेमका याद भुलाएर जिन्दगी नयाँ तरिकाले अगाडि बढाएर सुखमय बनाउन प्रेरणा दिएको गीतको स्वर, संगीतको अलवा शब्द पनि मन पराइएको छ । गीतमा चन्द्र प्रसाई ‘परिस्कृत’ का शब्द रहेका छन् । प्रसाई पछिल्लो समय लगातार गीत लेख्ने गीतकार पनि हुन् । ‘पुरानो घाउ’ पछि उनको अहिले फेरि एक गीत ‘हसाउने उही छ’ सार्वजनिक भएको छ । गजल शैलीमा भजनको रुपमा उनले यो गीत ल्याएका हुन् ।
हुन् त गीत हिट भएपछि त्यसका गायक, गायिका र रचना कारण निकै खुसी हुने गर्दछन् । ‘पुरानो घाउ’ हिट हुँदा गायक तथा संगीतकार भने एकदमै खुसी छन् । तर यसका गीतकार भने झन् गम्भिर बनेका छन् । ‘‘पुरानो घाउ’ हिट हुँदा मनमा खुसी त लागेको छ’ प्रसाईले भने, ‘खुसीको साथसाथै चुनौती थपिएको महसुस गरेको छु ।’ गीतले आगामी दिनमा यो भन्दा राम्रो गीत दिन चुनौती थपेको प्रसाईंको भनाई रहेको छ ।
करिब एक दशक बढी समयदेखि गीत लेखन गर्दै आएका परिस्कृतका शब्दमा थुप्रै गीत बजारमा आएका छन् । तर ‘पुरानो घाउ’ले जति सफलता उनलाई अन्य गीतले दिलाउन भने सकेन । चितवन स्थाई घर भएका प्रसाई सानैदेखि गीत, कविता गुनगुनाउने गर्दथे । गीत, कविता र उपन्यास समेत लेखन गरेका प्रसाईले अमेरिकामा नेपाली साहित्यका लागि ठुलो योगदान पुर्याएका छन् । अमेरिकाको डालसमा रहेको नेपाली सोसाइटी आफ टेक्ससमा आबद्ध रहेका प्रसाईं श्रीकृष्ण प्रणामी मन्दिर डालसको बोर्ड अफ ट्रस्टीका अध्यक्ष हुन् ।
२००६ मा ‘परिकल्पना’ नामक एल्बम आफैंले ल्याएर गीत लेखन थालेका प्रसाईंको यो एल्बमको गीतमा टिका भण्डारीले संगीत भरेका थिए भने स्वर कर्णदाश, राजेशपायल राई, स्वरुपराज आचार्य, रामकृष्ण ढकाल, यम बराल, सपनाश्री लगायत थुप्रै गायक गायिकाको स्वर रहेको थियो ।
उक्त एल्बमको कर्णदासको स्वर रहेको ‘हाम्रो प्रेमको कथा’ गीत त्यो समय सर्वाधिक हिट भएको थियो । गीतको भिडियोमा अभिनेत्री ऋचा शर्माले अभिनय गरेकी थिइन् । एल्बममा अन्य गीत समेत श्रोताले रुचाएका थिए । २०१९ मा गायक तथा संगीतकार शिशिर योगीको स्वर तथा संगीत रहेको ‘कथा मृत्यु’ को गीत हिट भएको थियो । त्यसपछि पनि लगातार गीत लेखनमा रहेका प्रसाईंको अहिले आएर ‘पुरानो घाउ’ हिट भएको हो । प्रसाई अहिले एक गजल पुस्तक सार्वजनिक गर्ने तयारीमा पनि छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सबैको साझा नेता बन्न चाहन्छुः सहमहामन्त्री आचार्य
-
‘अहिले पनि बजेट हेरफेर गरिरहेको गाइँगुइँ छ’
-
शङ्कास्पद शैक्षिक प्रमाणपत्रहरूमाथि ‘अपरेसन’
-
काठमाडौँ महानगरपालिका : नीति कार्यक्रममाथि आजदेखि छलफल सुरु
-
अनमोलसँगको तस्बिर शेयर गर्दै सुस्मिताले भनिन्, ‘मेरो कानुनी पहिचान छोरामार्फत पाएँ’
-
नियन्त्रणमा रहेको भूमिबाट पछि नहट्ने इजरायलको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण