सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

केतनले ल्याए ‘छाडी गयौ’

बुधबार, २६ फागुन २०७७, १२ : ५९
बुधबार, २६ फागुन २०७७

काठमाडौँ । फिल्मको पाश्र्व गायनमा भिजेका गायक   केतन क्षेत्रीको स्वर रहेको नयाँ गीत ‘छाडी गयौ’ सार्वजनिक भएको छ । भिडियोसहित सार्वजनिक गीतमा नारायण रसाइलीको शब्द तथा सुभाष भूषालको संगीत छ ।


पुरुषोत्तम सुवेदीको संगीत संयोजन रहेको गीतको भिडियोमा वियोगान्त प्रेमकथा देखाउन खोजिएको छ ।  भिडियोमा रञ्जित पौडेल र गीता ढुंगानाको अभिनय देख्न सकिन्छ ।  बुद्ध थापाको छायाँकन, विकास धमलाको सम्पादन रहेको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप