डोलेश्वर महादेवको दर्शन गर्दा अनिवार्य मास्क लगाउनुपर्ने
भक्तपुर । सूर्यविनायक नगरपालिका ८ मा रहेको केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा महाशिवरात्रिमा दर्शन गर्न आउने भक्तजनले अनिवार्य मास्क लगाउनुपर्ने भएको छ । उक्त दिन हजारौंको संख्यामा मन्दिरमा दर्शन गर्न भक्तजन आउने भएकाले स्वास्थ्य मापदण्ड पालना गरेर मात्र दर्शनको व्यवस्था मिलाइएको केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले जनाएको छ ।
महाशिवरात्रिका दिन सर्वसाधारण भक्तजनहरूका लागि मन्दिरका चारै ढोका बिहान ४ बजेदेखि राती १२ बजेसम्म खुल्ला हुनेछ । उक्त मन्दिरमा वर्षको तीन दिनमात्र सर्वसाधारण भक्तजनहरूका लागि चारै ढोका खुल्ला हुने र बाँकी दिनमा पुजारीहरूको लागि मात्र ढोका खुल्ला रहने गरेको छ ।
मन्दिरमा दर्शन गर्न जाने भक्तजनले मास्क अनिवार्य रूपमा लगाएर आउनुपर्ने तथा सेनिटाइजर लगाउने र भौतिक दूरी कायम राख्नुपर्ने गरी लाइनको व्यवस्था गरिएको समितिले जानकारी दिएको छ । महाशिवरात्री पर्व मूल समितिका संयोजक तथा समितिका बरिष्ठ उपाध्यक्ष सुर्यबहादुर खाइतुले भने, ‘बिहीबार (भोलि) परेको महाशिवरात्रिका लागि तयारी पुरा भएको छ ।’
महाशिवरात्रिका दिन सुरक्षा व्यवस्थाका लागि महानगरीय प्रहरी वृत्त जगातीबाट सुरक्षाकर्मी तथा विभिन्न संघ–संस्थाबाट स्वयंसेवक परिचालन गरिने समितिले जनाएको छ । नेपाली सेनाका चिकित्सक र नर्सहरुको स्वास्थ्य शिविर, नेपाल मानव सेवा संघले प्रसाद वितरण गर्ने छ । नेपाल रेडक्रस सोसाइटी सिपाडोल उपशाखा र नेपाल मानव सेवा संघको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम आयोजना गर्ने भएका छन् ।
मन्दिर व्यवस्थापन समितिले नागा बाबालाई मन्दिर परिसरमा धुनी जगाई बस्नको लागि दाउराको व्यवस्था गरेको छ । महाशिवरात्रि दर्शनका लागि भारतका विभिन्न स्थान तथा नेपालका विभिन्न स्थानबाट साधुसन्त आएका छन् । नागा बाबा, भंगी, जोगी र अघोरी बाबा लगायतका साधु सन्तले मन्दिरको क्षेत्र रोमाञ्चित बनेको छ । परम्पराअनुसार जोगी, सन्त, महन्थलाई स्वागत तथा बिदाइ समितिले गर्ने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण