साम्राज्ञी अभिनित ‘मारुनी’ सार्वजनिक
शुक्रबार, २८ फागुन २०७७, १० : ४९
काठमाडाैं । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित फिल्म ‘मारुनी’ युट्युव मार्फत सार्वजनिक भएको छ । महाशिवरात्रिको अवसर पारेर निर्माण युनिटले फिल्म युट्युब मार्फत सार्वजनिक गरेको हो ।
साम्राज्ञी र अभिनेता पुष्प खड्को रोमान्स रहेको फिल्मले सार्वजनिक प्रदर्शनमा भने औसत व्यवसाय गर्न सफल भएको थियो । नवल नेपालको निर्देशन रहेको फिल्ममा त्रिकोणात्मक प्रेमकथामा निर्माण भएको हो ।
साम्राज्ञी र पुष्पको अलवा रेविका गुरुङ, आयुष प्रधान, अर्जुन श्रेष्ठ, शंकर सेढाई, बिनोद भट्टराई र सुशील क्षेत्रीलगायतको अभिनय रहेको फिल्मको निर्माता पुनम गौतम हुन् ।
पुनम इन्टरटेनमेन्टको ब्यानरमा निर्मित फिल्ममा दीपक बज्राचार्य, अर्जुन पोखरेल र कृष्ण काफ्लेको संगीत, संजय लामाको छायाँकन, गोविन्द फुयाल र नवल नेपालको लेखन र मित्र डि गुरुङको सम्पादन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक सरुवा सम्बन्धी ३ बुँदे नयाँ निर्देशन
-
सबैको साझा नेता बन्न चाहन्छुः सहमहामन्त्री आचार्य
-
‘अहिले पनि बजेट हेरफेर गरिरहेको गाइँगुइँ छ’
-
शङ्कास्पद शैक्षिक प्रमाणपत्रहरूमाथि ‘अपरेसन’
-
काठमाडौँ महानगरपालिका : नीति कार्यक्रममाथि आजदेखि छलफल सुरु
-
अनमोलसँगको तस्बिर शेयर गर्दै सुस्मिताले भनिन्, ‘मेरो कानुनी पहिचान छोरामार्फत पाएँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण