सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

न्हयूको स्वर–संगीत र निरुको शब्दमा 'पेरिस्कानो’ गीत

आइतबार, ०१ चैत २०७७, १० : ३८
आइतबार, ०१ चैत २०७७

गत वर्ष प्रकाशित निरु त्रिपाठीद्वारा लिखित 'पेरिस्कानो’ उपन्यासको वार्षिकत्सवमा उपन्यासमा आधारित गीत रिलिज भएको छ । मैले पढ्ने हरेक कितावको पानामा  बोलको गीत उपन्यासकार निरु त्रिपाठीले लेखेकी हुन् भने यसलाई स्वर र संगीत वरिष्ठ संगीतकार न्ह्यू वज्राचार्यले दिएका छन् ।

पेरिस्कानो क्रियसनको प्रस्तुती उक्त म्यूजिक भिडियोलाई मेल्वर्न फोटो प्रोजेक्ट टिमको छायांकन गरेको हो भने कडेँल कन्सल्टेन्सिले सर्पोट गरेको छ ।भिडियोको सम्पादन भने भरत रेग्मीले गरेका हुन् ।

उपन्यासमा उल्लेख अनुसार भिडियोमा पनि मनु र पेरिसबीचको प्रगाढ प्रेम देखाइएको छ । अष्टेलियाबाट सगरमाथा आरोहणीहरुलाई नेपाल लिएर गएको पेरिस २०७२ सालमा नेपालमा गएको विनासकारी भुकम्पले नाम्चेबजारमा नै अड्किन्छ । म्यूजिक भिडियो पनि त्यहीबाट सुरु भएको छ । नाम्चेबाट पेरिसले मनुलाई ईमेल लेख्छ छिट्टै मेल्वर्न आउने वाचा गर्छन् तर वाचा पुरा नहुँदै सगरमाथाको नजिक केन्द्रविन्दु बनाएर आएको दोश्रो भुकम्पको झट्काले पेरिस हराउँछ । पाँच वर्ष हुँदा पनि पेरिसको केही खबर नआउँदा भिडियोमा मनु अझै शोकमा रहेको देखाइएको छ । मनु रातमा आफ्नो विगतलाई सम्झँदै घरको गार्डेनमा टहलिरहेकी हुन्छे । यसरी विगत र वर्तमानलाई देखाइरहेर अन्त्यमा त्यसबखत टेलिभिजनमा प्रशारण भएको पेरिस हराएको समाचारसँगै म्यूजिक भिडियो सकेको छ ।

भिडियोमा मनुको चरित्र स्वयंम् निरु त्रिपाठीले गरेकी छिन् भने पेरिसको चरित्र मेल्वर्नका रंगमन्चका कलाकार केविन जेम्स प्रिस्टलीले निभाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप