दैलेखमा पेट्रोलियम पदार्थ: उत्खननको सम्भावना टुङ्गो लगाउन चिनियाँ प्राविधिक टोली आउँदै
दैलेखको श्रीस्थान, नाभीस्थानमा रहेको पेट्रोलियम पदार्थको अन्वेषणपछि व्यावसायिक उत्खनन सम्भावनाको टुङ्गो लगाउन चिनियाँ प्राविधिकको टोली यही चैत १९ (अप्रिल १)मा नेपाल आउने भएको छ ।
अन्वेषणका लागि १० वटा सिस्मिक लाइनमा सर्भे कार्य सकिएपछि त्यसको वास्तविक अध्ययनपछि पेट्रोलियम पदार्थको अन्वेषणका लागि गरिने मुख्य ड्रिलिङको काम गर्न दोस्रो चरणमा चिनियाँ प्राविधिकको टोली नेपाल आउन लागेको खानी तथा भूगर्भ विभागले जानकारी दिएको छ ।
खानी तथा भूगर्भ विभागका भूगर्भविद् डा. गणेशनाथ त्रिपाठीले चैत १९ गते चिनियाँ टोली नेपाल आउने निश्चित भएको बताए । उनले चिनियाँ टोलीले पहिलेदेखि प्रस्ताव गरेको भए पनि चैत १९ गते नेपाल आउने निश्चित भएको बताए ।
उनले पहिलो चरणमा आएको प्राविधिक टोलीले जिल्लाको मुख्यतः दुल्लु नगरपालिका, भैरवी गाउँपालिका, महाबु गाउँपालिका र नारायण नगरपालिका क्षेत्रलाई विशेष केन्द्रित र चामुण्डा बिन्द्रासैनी नगरपालिका, डुङ्गेश्वर गाउँपालिका, नौमूले गाउँपालिका र भगवतीमाई गाउँपालिकाका केही भूभाग समेटेर १० वटा सिस्मिक लाइनमा दुई सय लाइन किमी सर्भे गर्न चार सय वर्ग किमी भूभाग समेटेर सर्भे गरेको थियो । यो समाचार आजको गोरखापत्र दैनिकमा कमल शर्माले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
५५औँ मिनेटमा एन्थनी गोर्डनको गोल: अर्जेन्टिना विरुद्ध इङ्ग्ल्यान्डले लियो १-० को अग्रता
-
इङ्गल्यान्ड - अर्जेन्टिना महाभिडन्त: पहिलो हाफमा गोलरहित बराबरी
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण