फिफा विश्वकप २०२६
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
बिहीबार, ३२ असार २०८३, ०० : ४२
सारांश
- फिफा विश्वकपको दोस्रो सेमिफाइनलमा इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबीचको खेल नेपाली समय अनुसार बिहीबार राति सुरु भएको छ ।
- २४ वर्षपछि विश्वकपको मञ्चमा आमनेसामने भएका यी दुई टोलीमध्ये विजयी हुनेले फाइनलमा स्पेनको सामना गर्नेछ ।
- इङ्ग्ल्यान्डले कप्तान ह्यारी केनको नेतृत्वमा र अर्जेन्टिनाले कप्तान लियोनेल मेस्सीको नेतृत्वमा खेल सुरु गरेको छ ।
काठमाडौँ । फिफा विश्वकपको दोस्रो सेमिफाइनल अन्तर्गत इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित खेल सुरु भएको छ । २४ वर्षपछि विश्वकपको मञ्चमा आमनेसामने भएका यी दुई ऐतिहासिक प्रतिद्वन्द्वीबिचको खेल नेपाली समय अनुसार बिहीबार राति सुरु भएको हो । आजको खेल जित्ने टोलीले आगामी आइतबार न्युयोर्क–न्युजर्सी स्टेडियममा हुने फाइनल स्पर्धामा स्पेनको सामना गर्नेछ ।
यस खेलका लागि दुवै टोलीले आफ्ना आधिकारिक सुरुआती–११ मैदानमा उतारेका छन् । इङ्ग्ल्यान्डले ४–२–३–१ को फर्मेसनमा कप्तान ह्यारी केनको नेतृत्वमा खेल सुरु गरेको छ भने अर्जेन्टिना ४–४–२ को फर्मेसनमा कप्तान लियोनेल मेस्सीको नेतृत्वमा मैदानमा उत्रिएको छ । ३९ वर्षीय मेस्सीका लागि आफ्नो २१ वर्ष लामो अन्तर्राष्ट्रिय करिअरमा इङ्ग्ल्यान्डविरुद्धको यो पहिलो खेल हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण