बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
राताेपाटी ब्रिफिङ

१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज

बिहीबार, ३२ असार २०८३, ०० : ०४
बिहीबार, ३२ असार २०८३

सारांश

  • केही वर्ष यता दक्षिण एसियाली मुलुक तीव्र भूराजनीतिक प्रतिस्पर्धा र आन्तरिक आर्थिक सङ्कटमा फस्दै गएका छन् ।
  • त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रले विदेशी विश्वविद्यालयबाट डिग्री लिएका १ सय १४ नेपाली विद्यार्थीको समकक्षता खारेज गरिदिएको छ ।
  • काठमाडौँ जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नौ जनालाई राज्यविरुद्धको कसुरमा समेत दोषी ठहर गरेको छ ।

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ–

१. नेपालको सुरक्षा खर्चमा वृद्धि 

केही वर्ष यता दक्षिण एसियाली मुलुक तीव्र भूराजनीतिक प्रतिस्पर्धा र आन्तरिक आर्थिक सङ्कटमा फस्दै गएका छन् । आर्थिक सङ्कटसँगै विभिन्न मुलुकको रक्षा खर्चमा उतारचढाव देखिएको छ ।

२. समकक्षता खारेज 

त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रले विदेशी विश्वविद्यालयबाट डिग्री लिएका १ सय १४ नेपाली विद्यार्थीको समकक्षता खारेज गरिदिएको छ । भारतको संघाई र सीएमजे विश्वविद्यालय, टेक्नो ग्लोबल विश्वविद्यालय र प्रज्ञान अन्तराष्ट्रिय विश्वविद्यालयबाट डिग्री हासिल गरेर नेपालको समकक्षता लिएका १ सय १४ जना विद्यार्थीको समकक्षता खारेज भएको हो ।

३. पुराना दलमा पुरानै रोग

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा नेपाली कांग्रेस–एमाले गठबन्धन सरकारमा दरार आएसँगै सातै प्रदेशका सरकार फेरबदल हुने चर्चा सुरु भएको छ । कांग्रेस एमाले समीकरण परिवर्तन भएर क–कसको गठबन्धन होला भन्ने चर्चा पनि सुरु भएको छ । 

४. बागमतीमा कानुन निर्माण सुस्त 

बागमती प्रदेश सरकारले सङ्घीयता कार्यान्वयन र प्रादेशिक शासन व्यवस्थालाई व्यवस्थित गर्न अहिलेसम्म ६९ वटा मूल ऐन जारी गरेको छ भने २० पटक विभिन्न ऐनमा संशोधन गरी कुल ८९ वटा ऐन सम्बन्धी प्रकाशन भएका छन् ।

५. नक्कली भुटानी शरणार्थी प्रकरण

काठमाडौँ जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नौ जनालाई राज्यविरुद्धको कसुरमा समेत दोषी ठहर गरेको छ । न्यायाधीश तेजबहादुर खड्काको इजलासले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, डा. इन्द्रजित राई, विक्रम भन्ने गोविन्द कुमार चौधरी, आङटावा शेर्पा र टेकनारायण पाण्डेलाई संगठित रूपमा ठगी गरेको कसुरका साथै राज्यविरुद्धको कसुर तथा एकीकृत कसुर गरेको ठहर गरेको छ ।

६. संसद् बैठक

संघीय संसद् अन्तर्गतको प्रतिनिधि सभाको दोस्रो अधिवेशनका क्रममा प्रधानमन्त्री बालेन्द्र शाह जम्मा ४ दिन बैठकमा सहभागी भए । तीमध्ये ३ बैठकमा उपस्थित हुँदा उनी विवादमा तानिएका छन् । 

७. खरबुजाको बिउ बरामद प्रकरण

झापाको भद्रपुरमा प्रहरीले करिब ३८ टन (९४८ बोरा) खरबुजाको बिउ (मगज) बरामद गरेको घटनाले व्यवसायीहरूमा तरङ्ग पैदा भएको छ । राज्यलाई सम्पूर्ण कर तिरेर, कानुनी प्रक्रिया पूरा गरी भण्डारण गरिएको सामान प्रहरीले ताला फुटाएर जफत गर्‍यो । प्रमाण देखाउने मौका नदिई यसरी जफत गर्नु राज्यसंयन्त्रबाट भएको अन्यायको चरम उदाहरण रहेको व्यवसायीको गुनासो छ ।

८. पदमुक्त पदाधिकारी

सरकारले विभिन्न बोर्ड, समिति र संस्थानहरू पदाधिकारी (राजनीति नियुक्त) अध्यादेशमार्फत विभिन्न बोर्ड, समिति र संस्थानको नेतृत्व तहलाई पदमुक्त गरे पनि करिब २० प्रतिशतमा मात्र नयाँ नियुक्ति गर्न सकेको छ ।

९. बालेनको सिमुलेसन

विश्वकप फुटबलको मैदानमा ‘सिमुलेसन’ शब्द खेलप्रेमीहरूका लागि नौलो होइन । सामान्य अर्थमा सिमुलेसन भन्नाले कुनै पनि वास्तविक प्रक्रिया, प्रणाली वा व्यवहारको कृत्रिम नक्कल वा हुबहु अभ्यास बुझिन्छ । 

१०. फोहोर व्यवस्थापन समस्या

पोखराको फोहोर व्यवस्थापन झन्–झन् जटिल बन्दै गएको छ । पोखरा–३२ को खाल्डो भरिएपछि महानगरले गत फागुनदेखि वडा नं. २१ को रैचौर क्षेत्रमा फोहोर फाल्दै आएको छ । 

११. सांसदसँग

महेन्द्र बहादुर शाही कर्णाली प्रदेशका प्रथम मुख्यमन्त्री हुन् । त्यसअघि संघमा समेत उनी मन्त्री भइसकेका थिए । साविकको नेकपा माओवादीले गरेको दश वर्षे सशस्त्र युद्धमा उनले डिभिजन कमाण्डरको भूमिकासमेत निर्वाह गरे ।

१२. विश्वकप

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप