म्यानमारः आइतबार २१ प्रदर्शनकारीको मृत्यु, देशभर ३८ जना मारिएको दाबी
म्यानमारको मुख्य शहर यंगूनमा भएको हिंस्रक झडपमा कम्तीमा २१ प्रदर्शनकारी मारिएको खबर छ । यसअघि म्यानमारका नेताहरुको एउटा समूहले अधिकारीविरुद्ध क्रान्तिको कुरा गरेका थिए ।
यद्यपि, द असिस्टेन्ट असोसिएशन फर पोलिटिकल प्रिजनर्स (एएपीपी) को अनुगमन समूहले आइतबार देशभरी कम्तीमा ३८ जनाको ज्यान गएको दाबी गरेको छ ।
समूहले आइतबार यंगूनमा मारिएका २१ प्रदर्शनकारीबाहेक अन्य शहरमा पनि मानिसहरु मारिएको अनुमान लगाएको छ ।
सुरक्षा बललले यंगूनको हलिंग थारयार इलाकामा प्रदर्शन गरिरहेका मानिसहरुमाथि गोली चलाए । यस्तै प्रदर्शनकारीले पनि लठ्ठी र चक्कू प्रयोग गरे ।
चिनियाँ व्यवसायीमाथि हमलापछि सैन्य अधिकारीले क्षेत्रमा ‘मार्सल ल’ को घोषणा गरेका छन् । प्रदर्शन गरिरहेका मानिसहरु अनुसार चीनले सेनालाई समर्थन गरिरहेको छ ।
फेब्रुअरी १ मा भएको सैन्य कूलगत्तै म्यानमारमा विरोध प्रदर्शन भइरहेका छन् ।
फेब्रुअरी १ मा नै म्यानमारको सेनाले देशकी सर्वोच्च नेता आङ सान सूकीसमेत थुप्रै नेतालाई पक्राउ गरेपछि सत्ता आफ्नो हातमा लिएको थियो ।
एनएलडीले अघिल्लो वर्ष भएको चुनावमा ठूलो जीत हासिल गरेको थियो तर सेनाले चुनावमा धोका भएको दाबी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण