दलबीचको तिक्तता तोड्न राष्ट्रपतिको पहल
काठमाडौं । प्रतिनिधिसभा विघटन र पुनस्र्थापनापछि सत्तारूढ र इतरका दलबीच राजनीतिक तिक्तताको अवस्था बढिरहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वदलीय बैठक आह्वान गरेकी छन् । राष्ट्रपति भण्डारीले संघीय संसद्मा प्रतिनिधित्व गर्ने दलका प्रमुख नेता र पूर्वप्रधानमन्त्रीलाई मंगलबार दिउँसो चार बजेका लागि सर्वदलीय बैठकमा बोलाएकी हुन् ।
राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले पूर्वप्रधानमन्त्रीसहित संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेतालाई बैठकमा बोलाइएको जानकारी दिए । ‘पूर्वप्रधानमन्त्री र संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका मुख्य नेतालाई सर्वदलीय बैठकमा बोलाइएको हो,’ राष्ट्रपतिका स्वकीय सचीव अधिकारीले राजधानीसँग भने ।
बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राप्रपा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चालाई बोलाइएको हो । राष्ट्रपतिले यसअघि नै दलसँग छलफल गर्न चाहे पनि कोरोना जोखिमका कारण त्यो सम्भव नभएको र अहिले खोपको उपलब्धतासँगै त्यो सजिलो भएको शीतल निवासको भनाइ छ ।
सर्वदलीय बैठकमार्फत राष्ट्रपतिले दललाई मुलुकको आन्तरिक समस्यालाई समझदारीबाट टुंग्याउँदै अघि बढ्न आग्रह गर्ने बताइएको छ । गत ५ पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि मुलुकमा राजनीतिक दलबीच तिक्तता बढेको थियो भने पछिल्लो समय गत २३ फागुनमा सर्वोच्च अदालतले नेकपालाई एकीकरणअघिकै अवस्थामा पु(याइदिएपछि पनि मुलुक राजनीतिक जटिलताबाट गुज्रदैँ आइरहेको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५५औँ मिनेटमा एन्थनी गोर्डनको गोल: अर्जेन्टिना विरुद्ध इङ्ग्ल्यान्डले लियो १-० को अग्रता
-
इङ्गल्यान्ड - अर्जेन्टिना महाभिडन्त: पहिलो हाफमा गोलरहित बराबरी
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण