सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

के भन्दैछ कवीरको मन ?

मङ्गलबार, ०३ चैत २०७७, १६ : ०१
मङ्गलबार, ०३ चैत २०७७

काठमाडौँ । ‘लम्फु’ फेम नायक कवीर खड्का ‘भन्दैछ मन’ बोलको म्युजिक भिडियो मार्फत् दर्शकमाझ आएका छन् । प्रेम विछोडमा तड्पिएको चरित्र निर्वाह गरेका कवीरलाई भिडियोमा मिहारिका आचार्यले साथ दिएकी छन् ।

प्रसिद्ध चुडालको स्वर रहेको उक्त गीतमा शब्द चुडालले विरोध बुर्लाकोटीसँगको सहकार्यमा लेखेका हुन् । नायिका सारा सिरपालीसँग फिल्म ‘गुन्जन’ मार्फत् आउन लागेका कवीरले आफु फिल्म अभिनयमा नै लक्ष्यित भएपनि ‘भन्दैछ मन’ गीत मन परेकोले खेलेको बताए । 

‘गीतले बोकेको भाव र मर्मले मलाई पनि छोयो । गीतको भावलाई भिडियो मार्फत् अझ सुन्दर कथा भन्न सकिन्छ भन्ने लागेरै खेल्न उत्साहित भएको हुँ’ कवीरले भने ।

भिडियो प्रवेश पौडेलले निर्देशन गरेका हुन् । ‘अमेरिका ब्वाइज’ फिल्म निर्देशक प्रवेशको चैत दोस्रो सातादेखि फिल्म ‘बिहे पास’ फ्लोरमा लैजान लागेका छन् ।

काठमाडौं आसपास छायाँकन गरिएको भिडियोमा आलोक शुक्लाको छायाँकन र नविन निरौलाको सम्पादन रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप