अमेरिकाको अटलान्टामा गोलीबारी, ६ एशियाली महिलासमेत ८ को मृत्यु
अमेरिकाको जर्जियामा तीन भिन्न भिन्न स्पामा गोलीबारी हुँदा कम्तीमा ६ एशियाली महिलासमेत ८ जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार अटलान्टाको उत्तरमा रहेको एक सबअर्ब एकवर्थको मसाज पार्लरमा चारजना मारिएको र शहरकै अन्य दुई स्पामा चारजनाको मृत्यु भएको छ ।
अधिकारीका अनुसार एक २१ वर्षीय संदिग्धलाई पक्राउ गरिएको छ र तीनै स्थानमा यी व्यक्तिले नै गोलीबारी गरेको आशंका गरिएको छ ।
गोलीबारी के कति कारणले गरियो, यो विषयमा हालसम्म कुनै जानकारी दिइएको छैन ।
एक घण्टाभित्र भिन्न भिन्न स्थानमा हमलाः
पहिलो सुटिङको घटना चेरोकी काउन्टीको एकवर्थस्थित यंग्स एशियन मसाज पार्लरमा लगभग बेलुकी ५ बजे (अमेरिकी समयानुसार) भएको हो ।
प्रहरी कार्यालयका प्रवक्ता क्याप्टेन जे बेकरले घटनास्थलमा दुईजनाको मृत्यु भएको र तीनजनालाई अस्पताल लगिएकोमा दुई जनाको पनि मउृत्यु भएको जानकारी दिएका छन् । मृत्यु हुनेमा दुई एशियाली महिला छन् । यसबाहेक एक गोरी महिला, एक गोरा पुरुष र एक हिस्पेनिक व्यक्ति यसमा घाइते भएका छन् ।
एक घण्टाभित्र प्रहरीलाई उत्तर–पूर्व अटलान्टाबाट फोन आयो र गोल्ड स्पामा ‘लूट’ भइरहेको जानकारी दिइयो ।
प्रहरीले आफ्नो बयानमा भनेका छन्, ‘यहाँ हामीले तीन महिलाको शव भेट्यौं जसको गोली लागेका कारण मृत्यु भएको छ ।’
यहि स्थानमा प्रहरी अधिकारीलाई अरोमाथेरेपी स्पाबाट फोन गरेर बोलाइयो र त्यहाँ पनि एक महिलाको गोली लागेका कारण मृत्यु भएको थियो ।
सिसिटिभी फुटेजको मद्दतले अनुसन्धानकर्ताले एक संदिग्धको तस्बिर जारी गरेर अटलान्टाको दक्षिणमा लगभग (१५० मिल) टाढा क्रिस्प काउन्टीबाट रोबर्ट आरोन लङलाई पक्राउ गरियो । रोबर्ट जर्जियाको वुडस्टकमा बस्छन् ।
The reported shootings of Asian American women on Tuesday in Atlanta is an unspeakable tragedy – for the families of the victims first and foremost, but also for the AAPI community — which has been reeling from high levels of racial discrimination. https://t.co/rBVPnrEBps
— Stop AAPI Hate (@StopAAPIHate) March 17, 2021
क्याप्टेन बेकरले रोबर्टले तीन स्थानमा गोलीबारी गरेको कुरा आफूलाई विश्वास भएको बताएका छन् ।
यस्तै एशियन अमेरिकनका अधिकारसँग सम्बन्धित संस्था स्टप एपीपीआई हेटले ट्वीट गरेर यो घटनाक्रमलाई ‘अकथनीय त्रासदी’ बताएका छन् ।
ट्वीटमा लेखिएको छ, ‘अहिले एशियाली अमेरिकी समुदायमा असाध्यै डर र पीडा छ, जसलाई ध्यान दिन आवश्यक छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण