मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

पार्टीको निर्देशन विपरित भएका क्रियाकलापलाई गम्भीर रुपमा लिएका छौंः ईश्वर पोखरेल

बुधबार, ०४ चैत २०७७, १९ : ४९
बुधबार, ०४ चैत २०७७

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीको निर्देशन विपरित भएका क्रियाकलापलाई गम्भीरतापूर्वक लिएको प्रतिक्रिया दिएका छन् । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले गुट विशेषका सभा नगर्न नगराउन र त्यस्ता भेलामा सहभागी नहुन दिएको निर्देशन विपरित बुधबार वरिष्ठ नेता माधव नेपाल समूहको भेलामा कार्यकर्ता सहभागी भएपछि महासचिवले यस्तो प्रतिक्रिया दिएका हुन् ।

पार्टी अध्यक्षको निर्देशन विपरित भेला आयोजना भएको सम्बन्धमा बुधबार साँझ कुराकानी गर्दै महासचिव पोखरेलले निर्देशन विपरितका काम हुनु राम्रो नभएको प्रतिक्रिया दिए । उनले पार्टी अध्यक्ष एवम् महासचिवको निर्देशन विपरित भएका भेलालाई पार्टीले गम्भीरताका साथ लिने बताए । पार्टी अध्यक्षले धुमबाराहीमा नेताहरुलाई बोलाएर भेला नगर्न र छलफल गर्नुपर्ने कुराहरुलाई ७ गतेको बैठकमा राख्न अनुरोध गर्नुको साथै चियापानमा सहभागी हुन गरेको आग्रहलाई नमानेर राम्रो नगरेको बताए ।

उनले भने, ‘अहिले जुन किसिमको भेला भयो । त्यो निर्देशनको बाबजुद पनि भेला भएको छ । आज र भोली आयोजना भएको यो कार्यक्रमको बारेमा गम्भीरताका साथमा नोट गरिन्छ । ’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप