एलिना र भीम बिसीको ‘ऐना हेरी हेरी’ सार्वजनिक
बिहीबार, ०५ चैत २०७७, १८ : १६
काठमाडौं । संगीतकार तथा गायक भीम बिसीको नयाँ गीत ‘ऐना हेरी हेरी’ सार्वजनिक भएको छ । लेखक तथा पत्रकार शिवराज योगीको शब्द रहेको गीतमा बिसीले संगीत भरेका छन् । गीतमा आवाज पछिल्लो समयकी चर्चित गायिका एलिना चौहान र बिसीको आवाज सुन्न सकिन्छ । गीतको म्युजिक भिडियोमा एलिना र बिसी आफैले अभिनय गरेका छन् ।
प्रविन भट्टको निर्देशन तथा सम्पादन रहेको भिडियोमा अजय रेग्मीको छायाङ्कन, सरोज बुढाथोकीको शृङ्गार र कुसुम श्रेष्ठको पहिरन छ । छुट्टिएर टाढा बस्न वाध्य प्रेमिल जोडीको मार्मिक कथालाई गीत उतारिएको छ । माया, प्रेम र प्रेमिल मान्छेको साथ भएन भने धनले मात्रै मान्छे खुशी र सुखी हुँदैन भन्ने भाव गीतमा समेटिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सबैको साझा नेता बन्न चाहन्छुः सहमहामन्त्री आचार्य
-
‘अहिले पनि बजेट हेरफेर गरिरहेको गाइँगुइँ छ’
-
शङ्कास्पद शैक्षिक प्रमाणपत्रहरूमाथि ‘अपरेसन’
-
काठमाडौँ महानगरपालिका : नीति कार्यक्रममाथि आजदेखि छलफल सुरु
-
अनमोलसँगको तस्बिर शेयर गर्दै सुस्मिताले भनिन्, ‘मेरो कानुनी पहिचान छोरामार्फत पाएँ’
-
नियन्त्रणमा रहेको भूमिबाट पछि नहट्ने इजरायलको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण