सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

सुशीलको ‘माईतीको आँगन’मा उषा र विनोदको रोमान्टिक मुड

बिहीबार, ०५ चैत २०७७, १९ : ३८
बिहीबार, ०५ चैत २०७७

काठमाडौँ । गायक सुशील श्रेष्ठ ‘जुजु’ को नयाँ गीत ‘माइतीको आँगन’ मा सार्वजनिक गरिएको छ । वैँशालु उमेरमा जानेर नजानेर प्रेम गर्ने एक जोडीको प्रेम र रोमान्सको कथामा गीत बनेको छ ।  दीपक शर्माको शब्द, संगीत रहेको गीतमा उषा उप्रेती र   बिनोद बस्नेतको अभिनय देख्न सकिन्छ । आचार्य गोपालको निर्देशन रहेको भिडियोमा उषा र विनोद प्रेमिल जोडीको रुपमा देखिएका छन् । 

रोमान्टिक जनरामा व्यङ्ग्यात्मक शैलीमा तयार पारिएको भिडियोमा दिदीको प्रेमको सुईको पाएका भाइले दिदीलाई प्रेमी पाउन गरेको सहयोगलाई पनि निर्देशक आचार्यले देखाउन खोजेका छन् । भिडियोमा काजीबहादुर श्रेष्ठ, आयुष रिजाल,जीवन तामाङ, कान्छी नगरकोटीको अभिनय देख्न सकिन्छ । 

उदयराज पौडेलको एरेन्ज, उत्सव दाहालको छायाँकन रहेको गीतको भिडियोमा विकास दाहालको सम्पादन रहेको छ । गायक ‘जुजु’को यसअघि सुनन बोलको गीतले चर्चा पाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप