जया बच्चनसँग वर्षौंपछि देखिइन् करिष्मा कपुर, कुनैबेला उनकै एक शर्तका कारण टुटेको थियो अभिषेकसँग विवाह
बलिउड अभिनेत्री करिश्मा कपुरको एउटा फोटो सोसल मिडियामा चर्चाको विषय बनेको छ । यो फोटोमा करिश्मा र जया एउटै फ्रेममा देखिएका छन् जुन कुनै बेला सासु–बुहारी बन्ने तयारीमा थिए ।
यो तस्बिर व्यापारी निखिल नन्दाको जन्मदिनको हो जो श्वेता बच्चन नन्दाका श्रीमान् हुन् । रोचक कुरा त के हो भने श्वेता निखिलको विवाहमा नै करिश्मा कपुर र अभिषेक बच्चन नजिकिएका थिए ।
यहाँसम्म कि अभिषेक बच्चनको विवाह ऐश्वर्या रायअघि करिश्मा कपुरसँग निश्चित भएको थियो । तर मिडिया रिपोर्टका अनुसार अभिषेककी आमा जया बच्चन र करिश्मा कपुरकी आमा बबिताका कारण यो सम्बन्ध टुटेको थियो । आज अभिषेक–करिश्माको सम्बन्धलाई फर्केर हेरौं ।
जयाको यो शर्तका कारण तोडियो विवाहः
अभिषेक–करिश्माको प्रेमको सुरुवात अभिषेककी दिदी श्वेताको विवाहपछि भएको थियो । विवाहका बेला दुबै एक–अर्काको नजिक आए । यति नै बेला सन् २००० मा अभिषेकले आफ्नो डेब्यू फिल्म ‘रिफ्युजी’ पाए । यो फिल्मकी हिरोइन करिना कपुरले सेटमा अभिषेकलाई जिजु भनेर बोलाउने गर्थिन् भनेर बताइन्छ । ‘रिफ्यूजी’ पछि अभिषेकले केही फिल्मको अफर पाए तर उनको कुनै पनि फिल्म हिट हुन सकेन । दुबैको इन्गेजमेन्ट पनि भइसकेको थियो । इन्गेजमेन्टपछि मिडियामा छाएका खबरका अनुसार जया विवाहपछि करिश्माले फिल्म नखेलोस् भन्ने चाहन्थिन् जुन करिश्मालाई मञ्जुरी भएन ।
अभिषेकको फ्लप करियरका कारण तनावमा थिइन् बबिताः
यस्तै, अर्को खबरका अनुसार करिश्माकी आमा बबितालाई पनि अभिषेक मन पर्दैनथ्उो । यसको एउटा कारण यो थियो कि अभिषेकको फिल्म लगातार फ्लप भइरहेको थियो जबकी करिश्मा टप हिरोइन थिइन् । बबितालाई डर थियो कि अभिषेक करियरमा सफल नभए के हुन्छ ? करिश्माले पनि आमाको निर्णयको विरोध गर्न सकिनन् र यो सम्बन्ध अन्ततः टुट्यो । पछि अभिषेकले ऐश्वर्यासँग विवाह गरे ।
यस्तै करिश्मा कपुरले सञ्जय कपुरसँग विवाह गरिन् । यद्यपि, सञ्जय र करिश्माको अब सम्बन्धविच्छेद भइसकेको छ । सञ्जय कपुरले प्रिया चटवालसँग तेस्रो विवाह गरेका छन् । अब अभिषेक जहाँ ऐश्वर्या राय र छोरी आराध्यासँग हाँसीखुसी जीवनयापन गरिरहेका छन् भने यता करिश्मा कपुर सिंगल मदर हुन् र आफ्ना दुई सन्तानको एक्लै हेरचाह गरिरहेकी छिन् । उनले दोस्रो विवाह गरेकी छैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण