चोरी भएका ३० वटा मोटरसाइकल सम्बन्धित धनीलाई बुझाइयो
काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका ३० वटा मोटरसाइकल सम्बन्धित धनीलाई बुझाइएको छ । सोमबार महानगरीय ट्राफिक प्रहरी महाशाखाले एक कार्यक्रम गर्दै मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा पक्राउ परेका २ जनालाई सार्वजनिक गरेको छ ।
महाशाखाका अनुसार नुवाकोटका ३० वर्षीय विमल गुरुङ र मोरङ बेलबारी घर भई गोलढुङ्गा बस्ने आशिष खत्री मोटरसाईकलसहित पक्राउ परेका हुन् । उनीहरुलाई गोल ढुङ्गाबाट गोंगबु बस्ने अशोकमान सिंह कुँवरको हराएको बा ९२ प ९१३३ नम्बरको निलो बुलेट बाइकको वास्तविक नम्बर प्लेट परिवर्तन गरी बा ९६ प ४५९० नम्बर प्रयोग गरेको अवस्थामा पक्राउ गरेको हो ।
महाशाखाले दुई हप्तामा चोरी भएका १९ वटा मोटरसाइकल र ११ वटा स्कुटर गरि ३० वटा मोटरसाइकल खोजतलास एवं बरामद गर्न सफल भएको बताएको छ । उक्त चोरी भएका मोटरसाइकलहरू उपत्यका र आसपासका विभिन्न स्थानबाट बरामद गरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले आज सम्बन्धित सवारी धनीलाई जिम्मा लगाएका छन् ।
महाशाखाको पीडित सहायता इकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक टोलीले उपत्यकाका भक्तपुर, काँडाघारी, माछापोखरी, गोकर्णेश्वर, टोखा, नयाँ बसपार्कका साथै उपत्यकासँग सीमाना जोडिएका विभिन्न स्थानहरूबाट यी मोटरसाइकलहरु बरामद गरेको एसएसपी भट्टराईले जानकारी दिएका छन् ।
चोरी भएको थाहा पाउनासाथ नजिकको प्रहरी वा ट्राफिक प्रहरीको हटलाइन १०३ वा अनलाईन सेवा.... मा लगइन गरेर निवेदन दिने व्यवस्था समेत रहेकोले समयमै जानकारी गराउन महाशाखाले अनुरोध गरेको छ । महाशाखाले काठमाडौं उपत्यकामा हुने सवारीसाधन चोरी घटनालाई नियन्त्रण तथा त्यसमा संलग्न हुने व्यक्तिलाई कारबाहीको प्रक्रियालाई तीब्र रुपमा अगाडि बढाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्न माग
-
गगनलाई रविको चुनौती : सहकारीबाट ऋण लिएको प्रमाणित गर्नुस् राजनीति छोड्छु
-
संसद्मा राष्ट्रपतिलाई कांग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत गर्न नदिने
-
गृहमन्त्री लामिछानेलाई रोष्टममा जान कांग्रेसको अवरोध
-
ईपीएस दोस्रो चरणको सीप परीक्षणको नतिजा सार्वजनिक
-
जेठ १ गतेसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित