गोदावरीदेखि काभ्रेको पनौतीसम्मको क्षेत्र चरा हब
ललितपुरको गोदावरीदेखि काभ्रेको पनौतीसम्मको क्षेत्रलाई चरा हबका रूपमा विकास गरिनेभएको छ । उक्त क्षेत्रमा दुई दिन गरिएको अध्ययनमा २८० प्रजातिका चरा फेला परेपछि स्थानीय तहले चरा हबका रूपमा विकास गर्ने कार्ययोजना अघि सारेको हो ।
भक्तपुरको सूर्यविनायक नगरपालिका, काभ्रेको पनौती र ललितपुरको महालक्ष्मी तथा गोदावरी नगरपालिकाले सो क्षेत्रलाई चराको हबका रूपमा विकास गर्न साझा अवधारणा बनाएका छन् । स्थानीय तहले बनाएको यो योजनामा चरा संरक्षणकर्मीले समेत चासो दिएका छन् ।
केही वर्षअघिसम्म काठमाडौँं उपत्यकामा मात्रै पाँच सयभन्दा धेरै प्रजातिका चरा पाइन्थे । यतिबेला त्यो सङ्ख्या घटेर दुई सयको हाराहारीमा आइपुगे पनि उपत्यकासँग जोडिएको गोदावरी फुल्चोकी क्षेत्रमा अझै धेरै सङ्ख्यामा चरा पाइने भएकाले चरा हबका रूपमा विकास गर्न सकिने चराविज्ञ युविनराज श्रेष्ठ बताउनुहुन्छ ।
काठमाडाँैं उपत्यकाका नदी, पोखरी तथा दहमा आउने चराहरूको सङ्ख्यामा कमी आए पनि फुल्चोकी तथा रानीकोट क्षेत्र चराहरूका लागि अझै पनि उत्कृष्ट बासस्थान रहेको पछिल्लो अध्ययनहरूले देखाएका छन् ।
यो क्षेत्रमा नेपालमा मात्रै पाइने काँडेभ्याकुरजस्ता विशेष महìव बोकेका चरा पाइने चराविज्ञको दाबी छ । दुई दिन चराको खोजीमा पनौतीमा कमै मात्र पाइने मुरारी पुतलीचरा, सुनौलो रबिनसमेत भेटिनु निकै खुसीको कुरा रहेको र चराको तस्बिर लिनसमेत निकै राम्रो भू–बनोट भएकाले चराको हबका रूपमा विकास गर्न सकिने श्रेष्ठको भनाइ छ ।
आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्याकरको निशानामा भारतको सबैभन्दा ठुलो न्यूक्लियर पावर प्लान्ट, हजारौँ संवेदनशील दस्ताबेज डार्क वेबमा
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
-
अर्जेन्टिना भर्सेस इंग्ल्याण्ड: एट्लान्टामा उच्च सुरक्षा सतर्कता
-
स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?
-
नेपाल–भारत ऊर्जा सहकार्यमा अझ फराकिलो,बिजुली निर्यात क्षमतामा १६५० मेगावाट पुग्यो
-
मोटरसाइकल चेकजाँच गर्दा बरामद भयो स्रोत नखुलेको ५५ लाख रुपैयाँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण