सुटुक्क भारतसम्म बेचिन्छन् हात्ती
चितवन निकुञ्ज घुम्न आउनेको मुख्य सोख हो – हात्ती सफारी । अधिकांश पर्यटक हात्ती चढे र निकुञ्ज आडका मध्यवर्ती सामुदायिक वनमा गैंडा लगायत वन्यजन्तु हेर्न जान्छन्।
तर पछिल्लो समय सफारीमा प्रयोग हुने हात्ती घट्न थालेका छन्।
पर्यटकको संख्या घटेपछि गुपचुपमै हात्ती बेचिन थालेका हुन्। हात्ती बिक्री गर्न नियम कानुनले दिँदैन, तर सुटुक्क भारतसम्म पु¥याइन्छ ।
चैत ५ गते साँझपख बूढी राप्ती खोलाको पुल तरलगत्तै सौराहा जाने बाटो छेउमा एउटा ट्रक उभियो। कुनैजीव जनावर लैजान ठिक्क परेझैँ ट्रक बाटोको अग्लो ढिस्कोभन्दा सिधा तल केही गहिरो भागमा रोकिएको थियो।
यसो हुँदा ढिस्कोबाट जनावर ट्रकमा जान सजिलो हुन्छ । झमक्क साँझ परेपछि त्यो ट्रक आडमा एउटा अजंगको हात्ती ल्याइयो।
ढिस्कोबाट हात्ती ट्रकमा गयो। राति १० बजेतिर हात्ती बोके र ट्रक बाटो लाग्यो। सफारीका लागि हात्ती सञ्चालन गर्ने युनाइटेड हात्ती सञ्चालक सहकारी लिमिटेडका अध्यक्ष ऋषि तिवारीले लकडाउनपछि संस्थामा रहेकामध्ये १५ वटा हात्ती कम भएको बताए । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्याकरको निशानामा भारतको सबैभन्दा ठुलो न्यूक्लियर पावर प्लान्ट, हजारौँ संवेदनशील दस्ताबेज डार्क वेबमा
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
-
अर्जेन्टिना भर्सेस इंग्ल्याण्ड: एट्लान्टामा उच्च सुरक्षा सतर्कता
-
स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?
-
नेपाल–भारत ऊर्जा सहकार्यमा अझ फराकिलो,बिजुली निर्यात क्षमतामा १६५० मेगावाट पुग्यो
-
मोटरसाइकल चेकजाँच गर्दा बरामद भयो स्रोत नखुलेको ५५ लाख रुपैयाँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण