बागमती प्रदेशमा आइतबार यता संक्रमित बढ्दै
बागमती प्रदेशका जिल्लामा पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको जोखिम बढेको छ । प्रदेशका जिल्लाहरूमा गरिएको आरटी–पीसीआर परीक्षणको क्रममा कोरोना सङ्क्रिमतको सङ्ख्या आइतबारयता बढेको छ । आइतबार प्रदेशभर ४४ जनामा कोरोना सङ्क्रमण भएकोमा सोमबार ९६ जनामा देखिएकोमा मङ्गलबार बढेर १०३ जनामा कोरोना सङ्क्रमण भएको छ ।
बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. पुरुषोत्तमराज सेढाईंले पछिल्ला दिनमा भएको राजनीतिक सभा सम्मेलन, भेला र नागरिकले सुरक्षित व्यवहार नगर्दा कोरोना भाइरस सङ्क्रमणको जोखिम बढेको जानकारी दिए । व्यवहार परिवर्तन चुनौतीपूर्ण बनेको भन्दै उनले पछिल्ला दिनमा नागरिकले मास्क लगाउन र भेला र भीडभाडमा दूरी कायम गर्नेतर्फ वास्ता गर्न छाडेकाले कोरोनाको जोखिम बढेको बताए । उनले कोरोना भाइरसको जोखिम र सङ्क्रमण नियन्त्रण गर्न प्रदेश सरकार तयारी अवस्थामा रहे पनि अनियन्त्रित भएमा सरकारको प्रयास अपर्याप्त हुन सक्ने भएकाले रोकथाम आवश्यक भएको बताए । मन्त्रालयका अनुसार प्रदेशभरमा पीसीआर परीक्षण गर्दा गत शुक्रबार ५१, शनिबार ६२ जनामा कोरोना सङ्क्रमण भएको पाइएको थियो ।
आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्याकरको निशानामा भारतको सबैभन्दा ठुलो न्यूक्लियर पावर प्लान्ट, हजारौँ संवेदनशील दस्ताबेज डार्क वेबमा
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
-
अर्जेन्टिना भर्सेस इंग्ल्याण्ड: एट्लान्टामा उच्च सुरक्षा सतर्कता
-
स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?
-
नेपाल–भारत ऊर्जा सहकार्यमा अझ फराकिलो,बिजुली निर्यात क्षमतामा १६५० मेगावाट पुग्यो
-
मोटरसाइकल चेकजाँच गर्दा बरामद भयो स्रोत नखुलेको ५५ लाख रुपैयाँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण