डाक्टरको लापरवाहीले बिरामीको मृत्यु ! चिकित्सक फरार
सिरहा । सिरहाको नरहा गाउँपालिका–३, चोहर्वामा रहेको अनुराधा हेल्थ केयर एन्ड डाइग्नोस्टिक सेन्टरमा चिकित्सकको लापरबाहीका बिरामीको मृत्यु भएको भन्दै पीडित परिवारले आन्दोलन गरेको छ । चिकित्सकले सही उपचार नगर्दा र समयमै अन्यत्र उपचारको लागि रिफर नगर्दा नरहा गाउँपालिका ३ डन्डाटोलका ६४ वर्षीय राम सुफल महतोको बिहीबार मृत्यु भएको मृतकका छोरा लालबिहारी महतोले बताए ।
बान्ता आउने र उच्च रक्तचाप भएर गत सोमबार महतोलाई हेल्थ केयरमा भर्ना गरिएको परिवारजनको भनाइ छ । भर्ना भएकै दिनदेखि बिरामीमा खासै सुधार नआएपछि छोरा लालबिहारीले डाक्टरलाई पटक पटक अन्यत्र रेफर गर्न भने पनि चिकित्सक संजय यादवले ‘यहीँ ठिक हुन्छ’ भन्दै जबरजस्ती राखेको लालबिहारी बताउँछन् ।

अन्तिममा आफ्नो केही नचलेपछि वडा अध्यक्ष अनीसुल मियाँलाई ल्याएर अस्पतालमै भन्न लगाई रेफर गराएर बुधबार बेलुका थप उपचारका लागि विराटनगर लैजाने क्रममा बाटोमै मृत्यु भएको उनले बताए ।
चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै पीडित पीडित परिवारले उपचारमा संलग्न चिकित्सकलाई सार्वजनिक गरेर कारबाही गर्नुपर्ने माग गर्दै आन्दोलन गरेका छन् । चिकित्सक डा संजय यादव भने फरार भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण