खनाल–नेपाल पक्षीय केन्द्रीय कमिटी बैठक सकियो, सांसदहरूसँग परामर्श सुरु
काठमाडौं । नेकपा एमालेको झलनाथ खनाल र माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठक सकिएको छ । कलंकीको मेगा पाटी प्यालेसमा अपराह्न १२ बजेबाट सुरु भएको बैठक २ बजे सकिएको हो । बैठकमा नेता नेपाल र सुरेन्द्र पाण्डेले वर्तमान परिस्थितिबारे ब्रिफिङ गरेका थिए । पार्टीले सोधेको स्पष्टीकरणको जवाफ र अध्यक्ष केपी ओलीले चाल्न सक्ने आगामी कदमपछिको रणनीतिबारे उनीहरू जानकारी गराएका थिए । बैठकले सशक्त रुपमा पार्टी एकताको पक्षमा उभिने निष्कर्ष निकालेको केन्द्रीय सदस्य ठाकुर गैरेले रातोपाटीलाई जानकारी दिए ।
केन्द्रीय कमिटी बैठक सकिएपछि सांसद छलफल सुरु भएको छ । केन्द्रीय समिति बैठक सकिएपछि सांसद नरहेका नेताहरु बैठक हलबाट बाहिरिएका छन् । सांसद सँगको परामर्शपछि बालुवाटारमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले बोलाएको संसदीय दलको बैठक जाने र नजानेबारे निर्णय लिनेछ । ओलीले दिउँसो ३ बजेका लागि संसदीय दलको बैठक बोलाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण