सिद्धबाबालाई झिकाउन उच्च अदालतको आदेश
काठमाडौं । बलात्कार आरोप मुद्दामा उच्च अदालत विराटनगरले सिद्धबाबा भनिने धर्म गुरु कृष्णबहादुर गिरीलाई झिकाउन आदेश दिएको छ । न्यायाधीशहरु प्रेमराज ढकाल र रेणुका शाहको संयुक्त इजलासले सिद्धबाबालाई बाटोको म्याद बाहेक १५ दिनभित्र झिकाउन आदेश दिएको हो ।
गिरीलाई मंसिर २२ मा जिल्ला अदालत सुनसरीका न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले सफाई दिएको थियो । जिल्ला अदालतको फैसला कानुनी हिसाबले विचारणीय देखिएको भन्दै उच्चले ‘झगडिया झिकाउने’ आदेश दिएको हो ।
‘जिल्ला अदालतको फैसला विचारणीय भएको हुनाले उहाँलाई बाटोको म्याद बाहेक १५ दिनभित्र झिकाउनु भन्ने आदेश भएको छ’ उच्च अदालत विराटनगरका प्रवक्ता ओमराज सुवेदीले रातोपाटीसँग भने–‘अदालतको भाषामा सो आदेशलाई झगडिया झिकाउने आदेश भनिन्छ ।’ जिल्ला अदालतले सफाई दिएपछि उच्च सरकारी वकिल कार्यालयले २७ फागुनमा उच्च अदालतमा पुनरावलोकन निवेदन दर्ता गराएको थियो । सिद्धबाबा हाजिर भएपछि बयान र प्रमाण बुझ्ने प्रकृया हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण