सिद्धबाबालाई झिकाउन उच्च अदालतको आदेश

काठमाडौं । बलात्कार आरोप मुद्दामा उच्च अदालत विराटनगरले सिद्धबाबा भनिने धर्म गुरु कृष्णबहादुर गिरीलाई झिकाउन आदेश दिएको छ । न्यायाधीशहरु प्रेमराज ढकाल र रेणुका शाहको संयुक्त इजलासले सिद्धबाबालाई बाटोको म्याद बाहेक १५ दिनभित्र झिकाउन आदेश दिएको हो ।
गिरीलाई मंसिर २२ मा जिल्ला अदालत सुनसरीका न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले सफाई दिएको थियो । जिल्ला अदालतको फैसला कानुनी हिसाबले विचारणीय देखिएको भन्दै उच्चले ‘झगडिया झिकाउने’ आदेश दिएको हो ।
‘जिल्ला अदालतको फैसला विचारणीय भएको हुनाले उहाँलाई बाटोको म्याद बाहेक १५ दिनभित्र झिकाउनु भन्ने आदेश भएको छ’ उच्च अदालत विराटनगरका प्रवक्ता ओमराज सुवेदीले रातोपाटीसँग भने–‘अदालतको भाषामा सो आदेशलाई झगडिया झिकाउने आदेश भनिन्छ ।’ जिल्ला अदालतले सफाई दिएपछि उच्च सरकारी वकिल कार्यालयले २७ फागुनमा उच्च अदालतमा पुनरावलोकन निवेदन दर्ता गराएको थियो । सिद्धबाबा हाजिर भएपछि बयान र प्रमाण बुझ्ने प्रकृया हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आप्रवासीको प्रदर्शनपछि अमेरिकाको लस एन्जलसमा तनाव, २ हजार नेसनल गार्ड तैनाथ
-
विद्या भण्डारी एमालेमा फर्किने हल्लाबारे प्रधानमन्त्री ओलीले के भने ?
-
आजै दोस्रो पटक सूचना टाँसेर सारियो प्रतिनिधिसभा बैठक
-
बजेटले अदालतको अवहेलना गरेको भन्दै सर्वोच्चमा रिट
-
इप्पानका प्रतिनिधि र अर्थमन्त्रीबिच भेटवार्ता, विद्युत खरिदमा ‘टेक एण्ड पे’ फिर्ता लिन माग
-
मणिपुरमा फेरि हिंसा, पाँच जिल्लामा इन्टरनेट बन्द, केहीमा निषेधाज्ञा