कोरोना संक्रमितको संख्या पाँच दिनयता ह्वात्तै बढ्यो
काठमाडौं । कोरोना भाइरस संक्रमित संख्या पाँच दिनयता ह्वात्तै बढेको पाइएको छ । फागुन अन्तिम साता २ अंकमा झरेको संक्रमित संख्या उकालो लागेको हो । मुख्यतः भारतमा संक्रमण दर फैलिनु र हेलचेक्र्याइँका कारण संक्रमित संख्या बढेको जनस्वास्थ्य विज्ञले बताएका छन् । भारतमा पछिल्लो २४ घण्टामा थप ५९ हजार १ सय १८ जनामा संक्रमण देखिएको छ ।
भारतको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार गत २४ घण्टामा संक्रमणबाट २ सय ५७ जनाको मृत्यु भएको छ । भारतमा रहेका नेपाली फर्किनेक्रम समेत बढेको छ । तीमध्ये केहीमा संक्रमण देखिएको छ ।
गत सोमबार १ सय ५०, मंगलबार १ सय ८८, बुधबार १ सय ४५, बिहीबार १ सय २० र हिजो शुक्रबार १ सय ५६ नयाँ संक्रमित थपिएका छन् । यसअघि, गत २७ माघमा १ सय ६० संक्रमित थपिएका थिए ।
संक्रमित संख्या बढे पनि परीक्षण दर अत्यन्त न्यून छ । सरकारले दैनिक १० हजारभन्दा बढीको कोरोना परीक्षण गर्ने क्षमता रहेको बताए पनि कार्यान्वयनमा आउन सकेको छैन । केही दिनयता सबैभन्दा बढी गत २१ फागुनमा ६ हजार १ सय ४३ जनाको कोरोना परीक्षण भएको देखिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार गत बुधबार ३ हजार ९ सय ६३, बिहीबार ४ हजार ३२ र शुक्रबार ४ हजार ४ सय १६ जनाको पीसीआर परीक्षण भएको छ । यो संख्या अत्यन्त न्यून र परीक्षण दायरा फराकिलो बनाउनुपर्ने जनस्वास्थ्य विज्ञले जोड दिएका छन् । यो समाचार आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
-
पाउ कुबार्सीः स्पेनको सफलताको खास हकदार अर्का किशोर सुपरस्टार
-
ह्याकरको निशानामा भारतको सबैभन्दा ठुलो न्यूक्लियर पावर प्लान्ट, हजारौँ संवेदनशील दस्ताबेज डार्क वेबमा
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
-
अर्जेन्टिना भर्सेस इंग्ल्याण्ड: एट्लान्टामा उच्च सुरक्षा सतर्कता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण